जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने ट्रम्पको निर्णय
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गरे लगत्तै पहिलो दिन नै उनले केही महत्त्वपूर्ण निर्णय गरेका छन् । हजारौँ समर्थकको माझमा ट्रम्पले दोस्रो कार्यकालकोपहिलो निर्णय गरेका हुन् । यो निर्णय मध्य जलवायु परिवर्तनका लागि पेरिस सम्झौताबाट पछि हट्ने पनि रहेको छ ।
अमेरिका पनि पेरिस सम्झौताबाट टाढा रहने इरान, लिबिया र यमनकै साथमा रहेको छ । ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमाराष्ट्रिय संकट लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले अमेरिकामा स्वर्णिम युग सुरु भएको समेत बताए । शपथग्रहण कार्यक्रममा बिलिनियर संसारका धेरै देशका नेता तथा पूर्वराष्ट्रपति उपस्थित थिए ।


प्रतिकृया दिनुहोस्