यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु

यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु

काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी एक सय बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुईवटा जहाज समुद्रमा डुबाइदिएका थिए भने एउटालाई कब्जा गरेका थिए । करिब चार जनाको मृत्यु भएको थियो । हुथीको आक्रमणबाट ढुवानी कम्पनीहरुलाई दक्षिण अफ्रिकाको आसपास हुँदै लामो र महँगो यात्रा गर्नुपरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै हुथी र उसको मुख्य समर्थक इरानलाई आक्रमण नरोके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।त्यसपछि शनिबार अमेरिकी सेनाले यमनको सना क्षेत्रमा हवाई आक्रमण गरेको हो । हुथीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने थप नौ जना घाइते भएका छन् ।

लोकप्रिय