माछापुच्र्छे बैंकको अनलाईन डिम्याट खाता खोल्न सकिने सुविधा

माछापुच्र्छे बैंकको अनलाईन डिम्याट खाता खोल्न सकिने सुविधा

काठमाडौ । माछापुच्छ«े बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।
विगत लामो समय देखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ«े बैंक लिले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहक महानुभावले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको apply now section मागई वासिधै https://www.machbank.com/demat/लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नुहुने छ ।

साथै माछापुच्छ«े बैंकमा खाता हुने ग्राहक महानुभावहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुने छ भने माछापुच्छ«े बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहक महानुभावहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ«े बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नुहुने छ ।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाताखोली सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्धेश्यका साथ बैंकले उक्त सेवा संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ« बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याई सकेको छ ।

लोकप्रिय