विद्यालयको रकम हिनामिना गर्ने शिक्षक अख्तियारको फन्दामा, ३ लाख जरिवाना र १ बर्ष कैद सजाय माग
काठमाडौ । संखुवासभा जिल्ला पाचखपन नगरपालिका वडा नम्बर ५ खमारेमा रहेको सरस्वती आधारभूत बिद्यालय खमारेका २०७४ माघ १५ मा अवकाश प्राप्त प्राथमिक दितिय श्रेणीका शिक्षक सङ्केत नम्बर ११८८९४ का भोजराज भट्टराईले सिहेश्वरी निम्न माध्यामिक विद्यालय बोहोराटारमा प्र .अ. हुदा तीन लाख ५० हजार रुपैयाँ विद्यालयको रकम हिनामिना गरेको तथ्य बाहिर आएको छ ।
उनी उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई गुमराहमा पारेर विद्यालयबाट लिएको रकमको ब्याज सहित तिर्छु भनी भट्टराईले उक्त रकम गैह्र कानूनी रुपमा लिएका थिए । कानूनतः सरकारी पैसा ब्याजमा लेनदेन गर्न मिल्दैन । शिक्षक भोजराज भट्टराईले सापटी लिएको रकम नतिरी २०७१ माघ १९ गते सिहेश्वरि आ.वि. बोहोराटारबाट बरबुझारथ नगरी नगद, जिन्सी नबुझाइ सरस्वती आधारभूत बिद्यालय खमारेमा सरुवा भइ २०७ माघ १५ मा अवकाश लिएका थिए ।
सिहेश्वरि विद्यालय बोहोराटार, तत्कालीन जिल्ला शिक्षा कार्यालयले पटकपटक भोजराज भट्टराईलाई विद्यालयमा गएरै बरबुझारथ गर्न ताकेता गर्दा समेत उक्त रकम र जिन्सि बुझाएका छैनन् । यो विषयमा बुझ्दा भट्टराईले आफूँले कुनै पनि रकम विद्यालयको नलिएको बताए ।
शिक्षक भट्टराईले ढाँटछल गरी प्र.अ.लाई हुर्मत लिएर बरबुझारथ नगरी पेन्सन सम्बन्धि कार्य अघि बढाउन खोजेकाले सिंहेश्वरी आधारभूत विद्यालय बोहोराटार र विद्यालय व्यवस्थापन समितिले संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
भोजराज भट्टराईले सिहेश्वरि विद्यालयको हिनामिना गरेको रकम र जिन्सी सहित फिर्ता गराइ पाउँ भनि सम्मानित संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि जिल्ला अदालतले विगो सहित रु ६ लाख पचास हजार रुपैयाँ भोजराज भट्टराईले सिहेश्वरि विद्यालयलाई तिर्नुपर्ने गरेको फैसला समेत गरेको छ । साथै सिहेश्वरि विद्यालयमा गएर बरबुझारथ गर्नु भनि फैसला गरेको थियो ।
पुनरावेदन अदालतले पनि जिल्ला संखुवासभा अदालतकै फैसला सदर गरेपछि भोजराज भट्टराईले उक्त रकम विद्यालयलाई जरिवाना सहित रकम फिर्ता गरेका थिए । तर जिन्सि ( ल्यापटप, कम्प्युटर, रजिस्ट्रर, महत्वपूर्ण कागजात, छाप, लेटर प्याड, दराजको चाबि) अहिलेसम्म फिर्ता नगरेको विद्यालय स्रोतको भनाई छ ।
सिहेश्वरि आ विबाट बरवुझारथ बिना नै भोजराज भट्टराईले लिए पेन्सन पट्टाः
शिक्षा नियमावली २०५९ को नियम १२१ र नियम १७३ मा कुनै पनि शिक्षक सरुवा भई जादा र पेन्सन पट्टा बनाउन जादा अनिवार्य रुपमा विद्यालयमा बरबुझारथ गर्नुपर्ने कानूनी ब्यबस्था रहेको छ । नियम कानून अनुसार कुनै पनि शिक्षक सरुवा भइ जादा विद्यालयलाई बुझाउनु पर्ने हरहिसाबकिताब, नगद, जिन्सी बरवुझारथ गरेको पत्र विद्यालयबाट नलिई नबुझाई राष्ट्रिय किताब खाना (शिक्षक)बाट पेन्सन पट्टा लिन मिल्दैन । तर शिक्षक भट्टराईले कर्मचारीलाई प्रलोभनमा पारेर गलत षड्यन्त्रको योजना बनाई करिब आठ बर्षको पेन्सन बापत्को रकम गलत तरिकाले लिने योजनाको साथ पेन्सन पट्टा पनि बनाएको पाइएको छ ।
भट्टराईको पेन्सनपट्टा नबनाई दिन सम्बन्धित बिद्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हुदै राष्ट्रिय किताबखाना ( शिक्षक)मा पेन्सन रोक्का सहितको पत्र लेखेको थियोे । भोजराज भट्टराईले पेन्सन पट्टा सिहेश्वरि आ वि बोहोराटारबाट बरबुझारथ ( जिन्सी ) नगरिकन पेन्सन पट्टा २०८१ पुस १८ मा गैह्र कानूनी तरिकाबाट लिएका थिए । बरबुझारथ बिना नै पेन्सन पट्टा लिने काम गैरकानुनी हो ।
भट्टराईविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर :
शिक्षक भट्टराईको सिहेश्वरि विद्यालयमा रहँदा २०७१ मंसिर २ गतेदेखि २०७१ माघ १८ सम्म गयल कट्टी भएको विषयमामा समेत निरन्तर सेवा अवधि भनि सेवा प्रमाणित गरेर ल्याएको, अन्य विद्यालयबाट सरुवा भएर रमना पश्चात करिब करिब २ महिना पछि मात्रै विद्यालयमा हाजिरी हुने, विभिन्न विद्यालयमा गैह्रहाजिर भइरहने र सिहेश्वरि विद्यालयबाट सरुवा पश्चात बरवुझारथ नगरी शिक्षा विकास तथा समन्वय इकाईलाइ गुमराहामा पारि झुक्याएर पेन्सन पट्टाको लागि फायल सिफारिस गराई राष्ट्रिय किताब खाना (शिक्षक) मा २०८१ पुस०४ मा दर्ता पश्चात सिहेश्वरि विद्यालयबाट बरबुझारथ गरेको पत्र ल्याउनु भनि राष्ट्रिय किताब (शिक्षक) ले दिएको चिठी पश्चात् कर्मचारीलाई फसाउन गलत योजना बनाइ, फसाउने षड्यन्त्र गरेकोले र कानून बिपरित पेन्सन पट्टा लिएको शिक्षक भट्टराईलाई अख्तियारले विषेश अदालतमा २०८१ चैत्र १९ गते अभियोग पत्र सहित मुद्दा दायर गरेको छ । अख्तियारले आफ्नो सूचनापत्रमा राखेको सूचनापत्र अनुसार भोजराज भट्टराईलाई ३ लाख रुपैयाँ जफत, ३ लाख जरिवाना र १ बर्ष कैद सजाय माग गरेको छ ।


प्रतिकृया दिनुहोस्