ससुरा र श्रीमानले दिनदिनै कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आईन् सीता : भएको रहेछ यति धेरै ज्यादती

ससुरा र श्रीमानले दिनदिनै कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आईन् सीता : भएको रहेछ यति धेरै ज्यादती

 

काठमाडौ । केही समय अघि अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् । उनले प्रहरीले समेत आफूलाई कुटपिट गरी ज्यानको धम्की दिएको बताइन् ।
पीडित पटेलले श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’

अदालतबाट माग भए अनुसार धरौटी बुझाई भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एल.सी.डी.टि.भी, कुलर, दराज, एक लाख रुपैयाँ नगद सहित १ थान गहना लगेको उनको भनाई छ ।

सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल कारवाहीको माग समेत गरिन् । प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफु्लाई ४–५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत बताईन् । उनले भनिन् ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिनन मानेर मूलकापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’

लोकप्रिय