एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा सांसद योगेश निर्वाचित
काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली एसियाली फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एफपिपिडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्।
मलेसियाको क्वालालम्पुरमा आइतबार र सोमबार भएको एफपिपिडी १५औँ महासभाबाट उनी युवा समिति अध्यक्षमा निर्वाचित भएका हुन् । एफपिपिडी एसिया–प्रशान्त तथा मध्य एसियाका ३० राष्ट्रिय समितिको प्रतिनिधित्व गर्ने क्षेत्रीय सञ्जाल हो ।
यसले महिला, बालबालिका, युवा तथा वृद्धवृद्धा जस्ता संवेदनशील समुदायका लागि नीति संवाद र सहकार्यलाई प्रवर्द्धन गर्ने काम गर्दै आएको छ। नेपाली कांग्रेसका तर्फबाट गएको प्रतिनिधि सभा निर्वाचनमा उनी मुस्ताङबाट विजयी भएका हुन् । हाल ३२ वर्षीय योगेश गौचन ३ हजार ९ सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्