बार्सिलोनालाई हराउदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोनालाई हराउदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इन्टर मिलान युइएफ च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्दै समग्रमा ७–६ को नतिजासहित इन्टर मिलान फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लिगमा दुवै क्लब ३–३ गोलको बराबरी खेलेका थिए । इन्टर मिलानको घरेलु मैदानमा सम्पन्न यस खेलमा निर्धारित ९० मिनेटमा दुवै क्लबले ३–३ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा इन्टर मिलानका लाफी डाभिड फ्राटेसीले गोल गर्दै इन्टर मिलानलाई जिताएका थिए ।

यस अघि इन्टरका लागि लाउतारो मार्टिनेज, हकन कल्हानोग्लु र फ्रान्सेसको अकर्बीले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि एरिक ग्रासिया, डानी ओल्मो र राफिन्हाले एक एक गोल गरेका थिए । अब फाइनलमा इन्टर मिलानको सामना आर्सनल र पिसजीबीचको विजेतासँग हुने छ । पिएसजीले पहिलो लिगमा १–० को अग्रता लिएको छ भने दोस्रो लिग आज राति हुने छ ।

लोकप्रिय