मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटनले मुम्बई इन्डियनलाई तीन विकेटले हराएको छ।

मंगलबार वर्षाले प्रभावित भएर बारम्बार रोकिएको खेलमा १९ ओभरमा घटाएर पाएको १४७ रनको लक्ष्य गुजरातले ७ विकेट गुमाउँदै अन्तिम बलमा पुरा गरेको हो।
मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको गुजरातले १४ ओभर सकिँदा दुई विकेटको क्षतिमा १०७ रन जाडेको थियो। वर्षाले खेल रोकिएको सो समयमा डर्कवर्थ लुइसको आधारमा गुजरात ८ रनले अघि थियो।

जितपछि गुजरात ११ खेलमा १६ अंकसहित शीर्ष उक्लेको छ। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। सुरुका पाँच खेलमा दुई अङ्क मात्र जोडेको मुम्बईले त्यसपछि लगातार ६ खेलमा सफलता पाएको थियो।

लोकप्रिय