कालीगण्डकी डाइभर्सन परियोजनाविरुद्ध खुला रूपमा विरोध
काठमाडौं । कालीगण्डकी डाइभर्सन परियोजनाविरुद्ध आवाज अझै बुलन्द हुँदै गएको छ।
गण्डकी प्रदेशको मुख्य नदी कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन भन्दै सरोकारवालाहरू खुला रूपमा विरोधमा उत्रिएका हुन्। बुधबार पोखरामा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर डाइभर्सन योजनाविरुद्ध स्पष्ट सन्देशसहितको ध्यानाकर्षणपत्र बुझाएको छ।
कालीगण्डकी नदी हिन्दु धर्म अनुसार अत्यन्त पवित्र मानिन्छ।
त्यही नदीको पानीलाई ड्याम बनाएर पीपलडालीबाट २७ किलोमिटर सुरुङमार्फत पाल्पाको तिनाउ दोभानमा पुर्याउने योजना छ। त्यसपछि अझै ७ किलोमिटर सुरुङ खनेर बेलबाससम्म झारिनेछ। त्यहाँ ५४ र ७२ मेगावाटका दुई वटा जलविद्युत् परियोजना सञ्चालन गर्ने र बाँकी पानी तराईतिर सिँचाइका लागि प्रयोग गरिनेछ।
तर योजना सुरुदेखि नै विवादित छ। स्थानीय जनप्रतिनिधि, वातावरणविद्, धार्मिक अगुवा र कालीगण्डकी किनारका बासिन्दाहरूले यो केवल विकासको नाममा विनाश भएको जिकिर गरिरहेका छन्।


प्रतिकृया दिनुहोस्