म्यानचेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनलमा

म्यानचेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड र टोटनह्याम युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगपछि म्यानचेस्टर युनाइटेड र टोटनह्याम फाइनलमा पुगेका हुन् । म्यानचेस्टर युनाइटेड दोस्रो लिगमा स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई ४–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७–१ को जितसहित फाइनलमा पुगेको हो ।

त्यस्तै टोटनह्यामले नर्वेको क्लब बोडोलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ५–१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो । अब यस सिजनको युरोपा लिगको फाइनल खेल मे २१ मा स्पेनको बिल्बाओस्थित सान मामेज स्टेडियममा हुने भएको छ ।

लोकप्रिय