फिल्म ‘दोस्ताना २’ मा श्रीलिलाको इन्ट्री

काठमाडौं । लामो समयदेखि रोकिएको बलिवुड फिल्म ‘दोस्ताना २’ फेरी बन्ने तयारीमा रहेका बेला यस फिल्मको स्टारकास्ट बारे चर्चा शुरु भएको छ ।
सुरुमा जान्हवी कपूर र कार्तिक आर्यनलाई यस फिल्ममा मुख्य भूमिकाको लागि छनोट गरिएको थियो । फेरि एक पटक निर्माताहरूले यो फिल्म बनाउने योजना बनाइरहदा कार्तिक आर्यन भने फिल्मबाट बाहिरिएका छन् । त्यस्तै अब अभिनेत्री जान्हवीको ठाउँमा अर्को अभिनेत्रीलाई फिल्ममा लिने बताइएको छ ।
न्यूज १८ को एक रिपोर्ट अनुसार, फिल्म ‘दोस्ताना २’ मा जान्ह्वीको स्थान श्रीलीलाले लिने खुलासा भएको छ । यस फिल्ममा कार्तिक आर्यनको स्थानमा विक्रान्त मेस्सी हुने छन् भने यस अघि नै तय भएका अभिनेता लक्ष्यलाई भने निरन्तरता दिइएको छ । ‘दोस्ताना २’ करण जोहरको प्रोडक्सन हाउस अन्तर्गत बनिरहेको छ ।
श्रीलीला एक प्रसिद्ध साउथ अभिनेत्री हुन्, उनले फिल्म ‘पुष्पा २’ मा हिट आइटम डान्स गरेकी थिइन् । करण जोहरद्वारा निर्मित फिल्म दोस्ताना (२००८) लाई दर्शकहरूले धेरै मन पराएका थिए । यस फिल्ममा अभिषेक बच्चन, जोन अब्राहम र प्रियंका चोपडा मुख्य भूमिकामा देखिएका थिए । यस फिल्ममा प्रियंकामा ‘देसी गर्ल’ गीत पनि छायांकन गरिएको थियो, जुन आजसम्म पनि उतिकै लोकप्रिय रहेको छ । यो फिल्मपछि प्रियंका चोपडालाई देसी गर्ल भनेर चिनिन थालिएको थियो । यस अघि दोस्ताना(२ को फिल्म कार्तिक आर्यनसँग केहि साता छायांकन गरेपछि निर्माण पक्षसँग फिल्मको कथाका बारेमा विवाद भएपछि छायांकन रोकिएको थियो ।
प्रतिकृया दिनुहोस्