कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बस्नेगरि पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद र भातृसंगठन विवाद बारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकारले जेठ १५ गते ल्याउन लागेको बजेट बारे पनि छलफल हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्