किन एमाले कार्यकर्ताबाटै कुटिए एमालेका मेयर सुवेदी ?

किन एमाले कार्यकर्ताबाटै कुटिए एमालेका मेयर सुवेदी ?

काठमाडाैँ आश्विन ४ । बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले कुटाई खाएका छन् । मेयर सुवेदीलाई कुट्ने काेही नभएर एमालेका कार्यकर्ता भएको खुलेको छ । एमालेबाट मेयर जितेका सुवेदी रुपन्देही एमालेका जिल्ला अध्यक्ष पनि हुन । सोमबार उनी पहिरो गएको ज्योतिनगर क्षेत्रकाे निरीक्षण गर्न गएका थिए । निरक्षण गर्दै स्थानीयसंग कुराकानी गरीरहेको समयमा एक जना युवा दगुर्दै आएर उनलाई एकाएक कुटेका थिए । उनी पहिरो निरीक्षण गर्न बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर पुगेका थिए ।

मेयर सुवेदी नगरपालिकाका सुरक्षा टोली र प्रहरीसहित निरीक्षण गर्न गएका थिए । मेयेर सुवेदीलाई कुट्ने युवा गणेश पंगेनी हुन । उनीे एमाले निकट अनेरास्वीयुका जिल्ला कमिटी सदस्य रहेको खुलेको छ । उनी हाल लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत विद्यार्थी हुन । उनी मेयर निरीक्षण गर्न गएको पहिरो प्रभावित क्षेत्रका स्थानीय बासीन्दा हुन । पहिरो जाँदा सरकारले र स्थानीय सरकारले चासो नदिएको भन्दै स्थानीइ आक्रोसीत भएका थिए । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ । गत भदौ १३ र १४ गते परेकाे अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

लोकप्रिय