साठ्ठी अर्ब झिक्दै राष्ट्र बैंक

साठ्ठी अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फ केन्द्रीय बैंकले रकम झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत मध्यान्ह ३ बजेबा अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बताएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुने जनाइएको छ ।

लोकप्रिय