टेक्सास विनाशकारी बाढी

टेक्सास विनाशकारी बाढी

 

अमेरिकाको टेक्सास हिल कन्ट्रीमा विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ । ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको छ।

विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान लिएको छ। अधिकारीहरूका अनुसार ४१ जना अझै बेपत्ता छन्। स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो।

केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्। मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान गभर्नर ग्रेग एबोटको अनुरोधमा केर काउन्टीका लागि ठूलो विपत्ति घोषणा गरेका छन्। एबटका अनुसार मैले क्याम्प मिस्टिकको भ्रमण गरें।

यो र यसको छेउमा बग्ने नदी भयानक रूपमा विनाशकारी थिए, जुन मैले कुनै पनि प्राकृतिक प्रकोपमा देखेको छैन ।’ ‘क्याबिनहरूको माथिल्लो भागमा बगिरहेको पानीको उचाइ अचम्मलाग्दो थियो। हामी ती क्याबिनहरूमा भएका सबैलाई नभेटेसम्म रोकिने छैनौं ।’

केरभिल क्षेत्रमा, नदीको छेउमा धेरै मानिसहरू क्याम्पिङ गरिरहेका थिए ।’ ‘केही मानिसहरूको बेपत्ता भएको पुष्टि भएको छ, तर हामीलाई अझै थाहा छैन तिनीहरू को हुन् ।’

एबोटले ग्वाडालुप नदी प्रणालीभरि खोजी जारी रहने र हराएका आफन्तबारे जानकारी दिन जनतालाई स्थानीय अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरेका छन्। ट्रम्पले आइतबार टेक्सास भ्रमण ‘शुक्रबार’ गर्ने योजना रहेको बताए।

१६० भन्दा बढीको हवाई उद्धार गरिएको छ। आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ। अमेरिकी तटरक्षक दलले २२३ जनाको उद्धार गरेको गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताइन्। धेरै मानिसहरू आश्रयस्थलमा छन्। एजेन्सी

लोकप्रिय