सामाजिक सुरक्षा कोषको केवाईसी भेरिफिकेशन अपडेट सम्बन्धी अभिमुखीकरण सम्पन्न

सामाजिक सुरक्षा कोषको केवाईसी भेरिफिकेशन अपडेट सम्बन्धी अभिमुखीकरण सम्पन्न

 

काठमाडौँ । फेदीखोला गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध शिक्षक एवम् कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको केवाईसी भेरिफिकेशन अपडेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपाध्यक्ष देउकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, वित्तीय व्यवस्थापन शाखा प्रमुख टीका राम सुबेदीसहितको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।
चालु आर्थिक वर्षको सुरूवात बाटै फेदीखोला गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक र कर्मचारी, गाउँपालिका कार्यालयमा कार्यरत करारका कर्मचारी हरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता गराएको थियो ।
फेदीखोला गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि २०७७ सालदेखि मजदुर संन्चित कोषको अवधारण ल्याई कार्यक्रम कार्यान्वयन गरिरहेको छ । मजदुर संन्चित कोषमा आवद्ध मजदुर तथा श्रमिकहरुलाई २०८० असार २७ गते सामाजिक सुरक्षा कोषसँग द्धिपक्षिय सम्झौता गरी सामाजिक सुरक्षा कोषमा आवद्धता गराएको थियो ।
यसबापत् देशकै पहिलो स्थानीय तहको रुपमा पहलकदमी तथा श्रमिकको हितमा उदारहणीय तथा नमुनायोग्य कार्य गरेका भन्दै प्रशंशा सहित सम्मानित समेत भएको थियो ।

 

लोकप्रिय