नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
धनबहादुर मगर
काठमाडौं, साउन २४, प्रा.डा.विष्णुराज आत्रेय लाटो साथी स्मृति प्रतिष्ठानको आयोजनामा “नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श’’ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम प्रा.डा.विष्णुराज आत्रेय लाटो साथी स्मृति प्रतिष्ठानका छैटौं स्मृति दिवसको अवसर पारी गरिएको हो ।
“नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श’’ माथि डा.रजनी ढकाल, डा.अलका आत्रेय चुडालले गरेकी थिइन्, र सहजकर्ताको रुपमा साहित्यकार सेवा भट्टराई रहेकी, उक्त छैटौं स्मृति दिवस कार्यक्रममा संस्कृत साहित्यको गहिरो ज्ञान र अन्वेषण, नेपाली, संस्कृति, साहित्यको महत्व र संस्कृत भाषा प्रेमी, अनुसन्धाता र सबैले संस्कृति साहित्यको ज्ञानबाट लाभलिनु पर्ने धारणा राखेकी थिइन् ।
साहित्यिक सर्जक तथा डा.रजनी ढकालले ऐतिहासिक र पौराणिक उपन्यासहरुबाट सत्यको वोधगम्य इतिहासको लेखनहरु आजको आवश्यकता रहेको र आजको पीँढिले अध्ययन गरेर अथाह ज्ञानको भण्डारलाई अझ बढाउनु पर्ने कुरामा जोड दिइएकी थिइन् ।
प्रस्तुतीमा विविधता तर समान सत्य वोध र तथ्यबारे ज्ञानमूलक प्रस्तुती गरेका थिए ।
डा. अलका आत्रेय चुडालले परापूर्व कालका पूर्वज ऋषि महर्षी ज्ञानी र तपस्वीहरुको विचार सुनेर व्यवहारमा लागु गर्नु पर्ने धारणा राखेकी थिइन् । नेपाली महिलाहरूले पौराणिक, उपन्यासिक, साहित्यिक अनुसन्धानको क्षेत्रमा लागेर पुर्खाहरुको साखलाई जीवन्त बनाउनु पर्ने कुरामा जोड दिएकी थिइन् ।
कार्यक्रममा उपस्थित विद्धान, विदुषीहरुले उक्त विषयहरु गहन र गाम्भीर्य भएको चर्चा परिचर्चा गरेका थिए ।


प्रतिकृया दिनुहोस्