पशुपतिका बाबामाथि खुकुरी प्रहार गर्ने एक गुण्डा पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पशुपति मन्दिर परिसरका सन्यासी बाबामाथि खुकुरी प्रहार गरेको अभियोगमा एक जना गुण्डालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने गुण्डा चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्।
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो ।
उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो । उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।
प्रतिकृया दिनुहोस्