श्री लालीगुराँस सहकारी संकटकाे बाटाेमा : तीन दिनमा नै १ अर्ब ७३ करोड रकम ‘विथड्र’ भएको खुलाशा

श्री लालीगुराँस सहकारी संकटकाे बाटाेमा : तीन दिनमा नै १ अर्ब ७३ करोड रकम ‘विथड्र’ भएको खुलाशा

काठमाडौं। उपत्यकाका आदिवासी नेवारी जाति तथा संस्कृतिसँग जोडिएको ऐतिहासिक अनि पुरातात्विक सम्पदाकाे पहिचान बाेकेकाे ललितपुर नपा पुल्चाेककाे समे फल्चा हडपेर आफ्नाे भवन निर्माण गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अधिकांस नेवार सदस्यहरुले चाल पाएपछी पछिल्लो समय बचत रकम झिक्नेहरुको लाइन लागेको छ ।

भग्नावेश अवस्थामा रहेकाे फल्चा पुनर्निर्माण गर्न गठित उपभोक्ता समितिले सहकारीको मूल प्रवेशद्वार नै बन्द गरेर फल्चा निर्माण थालेपछि गम्भीर विवाद भएको थियो । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले रोइकराइ अनुराेध गरेपछि ७ दिनका लागि मुल प्रवेशद्वार खोलिएको थियो ।

तर, यो अवधिमा अधिकांश बचतकर्ताले आफ्नो रकम फिर्ता लिएका छन् । विगत तीन दिन यता श्री लालीगुराँस सहकारीबाट बचत तथा शेयर माग्नेहरुको लाइन लागिरहेकाे छ । सहकारीमै कार्यरत एक उच्च कर्मचारीका अनुसार तीन दिनमा १ अर्ब ७३ करोड रुपैयाँ ‘विथ ड्र’ भएको छ । यही तरिकाले बचत रकम फिर्ता माग्नेहरु बढ्दै गए भने सहकारी नै बन्द हुने अवस्थामा पुग्ने ती कर्मचारीले बताए ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न झूटो कागजात पेश गर्दै बिभिन्न मिडिया र अड्डा अदालतलाई गुमराहमा राखेर समे फल्चा निर्माणमा केहीदिन अवरुद्ध गरेकाे थाहा पाएपछि ललितपुरका नेवार समुदायले सहकारीमा राखेको शेयर र बचत रकम फिर्ता माग्न थालेका हुन् ।

करिब ७ अर्ब पुँजी रहेको यो सहकारी नेपालकै ठूलो सहकारी मध्य एक हो । तर, भण्डारीले नेवार समुदायको पहिचान नै मेटाउने काेशिस गरि उनीहरुकाे भावनामा खेलबाड गरेका कारण सहकारी नै संकटग्रस्त सहकारीकाे सूचीमा पुग्ने अवस्थामा पुगेको छ ।

लोकप्रिय