आज एलोईहर्वलको ग्राण्ड ओपनिङ
काठमाडौं, असोज १०, नेपाली सौन्दर्य तथा व्यक्तिगत हेरचाह क्षेत्रमा सक्रिय ब्रान्ड एलोई हर्वलले काठमाडौंको धुम्बाराहीस्थित–सुकेधारा रिङरोड नजिक आफ्नो नयाँ अत्याधुनिक आउटलेट तथा डाक्टरसहितको एस्थेटिक सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
आउटलेटको ग्रान्ड ओपनिङ असोज १० शनिवार १० बजे विशेष कार्यक्रमसहित आयोजना गरिने एलोइ हर्वलले जनाएको छ । नयाँ केन्द्रबाट ग्राहकले एलोई हर्वलका स्किन केयर तथा हेयर केयर उत्पादन अवलोकन र खरिद गर्नुका साथै विशेषज्ञ डाक्टर तथा प्रशिक्षित जनशक्तिबाट व्यावसायिक छाला परामर्श र विभिन्न एस्थेटिक सेवासम्बन्धी जानकारी प्राप्त गर्न जनाएको छ ।
ब्रान्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेका अनुसार नयाँ आउटलेटलाई उत्पादन बिक्री केन्द्रमा मात्र सीमित नराखी छाला र सौन्दर्यसम्बन्धी परामर्श, उत्पादन अनुभव तथा आधुनिक एस्थेटिक सेवालाई प्रभावकारी बनाउन एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको हो ।
“ग्राहकले आफ्नो छालाको अवस्था र आवश्यकतालाई बुझेर उपयुक्त उत्पादन तथा सेवा छनौट गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । गुणस्तरीय उत्पादन, विशेषज्ञ परामर्श र विश्वसनीय सेवा एउटै छानामुनि उपलब्ध गराउँदै एलोई हर्वललाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्ने लक्ष्य छ,” काफ्लेले बताए ।
ग्रान्ड ओपनिङमा विशेष सुविधा तथा अफर
शुभारम्भको अवसरमा असोज १०, ११ र १२ गतेसम्म आउटलेटमै उपस्थित भएर खरिद गर्ने ग्राहकलाई २० प्रतिशत छुट प्रदान गर्ने, कुनै पनि पाँचवटा उत्पादन खरिद गर्दा रु. ५५० मूल्यको सनस्क्रिन निःशुल्क उपलब्ध गराइने पनि जनाएको छ ।
एलोई हर्वलका उत्पादन प्रत्यक्ष अनुभव गर्न सकिने ‘डिस्कभर एन्ड ट्राई’ प्रोडक्ट एक्सपेरियन्स जोन तथा अग्रिम बुकिङ गर्ने ग्राहकका लागि एस्थेटिक प्रक्रियामा प्रयोग गर्न मिल्ने विशेष भौचर कोडको व्यवस्था पनि गरिएको छ ।


प्रतिकृया दिनुहोस्