नेपालले सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रमको आयोजना
काठमाडौं असोज ९, नेपालले न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ ।
न्युयोर्क, जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म ः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएकाले जलवायु संकट सम्वोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए । परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सरकार र नेपाली जनताका तर्फबाट सहभागीहरूलाई स्वागत गर्दै उनले सह–आयोजक मुलुकहरू भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान तथा संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगलाई उक्त कार्यक्रममा सहकार्यका लागि धन्यवाद दिएका थिए ।


प्रतिकृया दिनुहोस्