भक्तपुरमा श्रीकृष्ण बासुको नेतृत्वमा नेकपा समाजवादीको नगरसमिति गठन
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी समाजबादी ले भक्तपुर सूर्यबिनायक नगर समिति गठन गरेको छ । हालै सूर्यबिनायक नगरपालिकाको नगरसमितिका अध्यक्षमा तात्कालिन कटुन्जे गाउँ बिकास समितिका निर्वाचित उपाध्यक्ष श्रीकृष्ण बासुको अध्यक्षतामा २८ सदस्यीय समिति गठन भएको हो ।
बागमती प्रदेश सभाका साँसद राजेन्द्र मानको प्रमुख आतिथ्यमा भएको सुनपा कार्यसमितिको घोषणा कार्यक्रमको उद्घोषण जिल्ला कमिटिका सदस्य मिलन थापा र बिष्णु गुभान्जुले गर्नु भएको घोषणा सभामा जिल्ला कमिटिका अध्यक्ष युवा नेता श्याम बस्नेतको पनि उपस्थिति थियो।
घोषणा सभामा शुभकामना मन्तव्य राख्दै साँसद श्रेष्ठले नेकपा एमालेमा ब्यक्तिवादी चरित्र हाबि भएको, नाताबाद र कृपाबाद हाबि भएकोले जनताको बिश्वाशिलो समाजवादी पार्टी जन्माईएकोु बताउँनुभयो ।
प्रतिकृया दिनुहोस्