चुनावमा कांग्रेस एक्लै लड्न नसक्ने नै हो ?

चुनावमा कांग्रेस एक्लै लड्न नसक्ने नै हो ?

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिन अघि धादिङ्गमा भएको कांग्रेस कार्यकर्ता भेटघाटमा ‘नेपाल कम्युनिष्ट पार्टी’ एमाले कमजोर छैन, नेपाली कांग्रेस एक्लै एमाले संग लड्न सक्दैन, एमाले सबैभन्दा ठुलो दल बन्नेछ’ जस्ता तिता कुरा गर्न पुग्नुभएछ ।

रामचन्द्र पौडेल नेपाली कांग्रेसका बरिष्ठ नेता हुनुहुन्छ । एक शिर्ष तहमा बसेका पार्टीका जिम्मेवार नेताका यस्ता अभिव्यक्तिले नेपाली कांग्रेसका दश लाख क्रियाशील कार्यकर्ता र चालिस लाख भन्दा बढी मतदातालाई कस्तो प्रभाव पर्छ ? आशा जगाउँ छ कि निराशा बनाउँछ ?

रामचन्द्र पौडेल नेपाली कांग्रेसका बरिष्ठ नेता हुनुहुन्छ । एक शिर्ष तहमा बसेका पार्टीका जिम्मेवार नेताका यस्ता अभिव्यक्तिले नेपाली कांग्रेसका दश लाख क्रियाशील कार्यकर्ता र चालिस लाख भन्दा बढी मतदातालाई कस्तो प्रभाव पर्छ ? आशा जगाउँ छ कि निराशा बनाउँछ ?
नेपाली कांग्रेसका बरिष्ठ नेताले एकपल्ट बोल्नु पूर्व तीन पटक सोंच्नु अति आवश्यक हुन्छ ? आफ्नो बोलीले पार्टीका नेता र कार्यकर्ता मात्र हैन शुभेच्छुकहरुमा कस्तो प्रभाव पर्छ ? कुरा गम्भिर गरेर मात्र पुग्दैन, कुरोको चुरो पनि गम्भिर हुनुपर्छ, निराश बनाउने होईन उर्जाशील बनाउने हुनुपर्छ ।
बरिष्ठ नेताले बोलेको पार्टी भित्रको आन्तरिक सत्ता संघर्षमा आफु बलियो बन्न र बर्तमान नेतृत्वलाई बिस्थापित गर्न हुनसक्छ; बर्तमान नेतृत्वलाई असफल देखाउने नाउँमा समग्र कांग्रेस कार्यकर्ता, शुभेच्छुक एवं मतदाताको मनोबल गिराउने खालको चैं हजम हुँदैन । कांग्रेसको नेतृत्व लिने मनसायमा, उहाँको निहित स्वार्थ हुनसक्छ तर समग्र कांग्रेसलाई कमजोर मनस्थिति बनाउने अभिव्यक्ति कुनै कोणाबाट पनि उचित हुन सक्दैन ।

दुर्भाग्य अधिवेशन छिटो सक्न भन्दा गिजोल्न, समयमै अधिबेशन हुन नदिई बहाना बाजी गर्न, संस्थापन पक्षले बहाना गर्दा शिकार हुन मात्र पौडेलले कर्म गरे झैं देखिन्छ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको अभियानमा लागेको छ । केही हिमाली जिल्लाहरुको जिल्लास्तरीय कार्यक्रम सकिईसकेको पनि छ । धेरै जिल्लाका अधिवेशन छिटो सकेर महाधिवेशन छिटो सक्नु, पहिलो दायित्व बरिष्ठ नेताको पनि हो । दुर्भाग्य अधिवेशन छिटो सक्न भन्दा गिजोल्न, समयमै अधिबेशन हुन नदिई बहाना बाजी गर्न, संस्थापन पक्षले बहाना गर्दा शिकार हुन मात्र पौडेलले कर्म गरे झैं देखिन्छ । त्यति मात्र होईन वर्तमान सभापतिको बिकल्पमा पहिला रामचन्द्र खेमामा रहेका प्रकाशमान सिंह, डा. शशाँक कोइराला र डा. शेखरले सभापतिमा दाबेदारी गरेपछि, उहाँहरुलाई उचित सरसल्लाह पुजाआजा धुप दिप गरेर थान्को मान्को लगाउन नसके पछि, देउवाको बिरुद्वमा सर्वसम्मत उम्मेदवार हुन नसकेपछि कतै आफुँभित्रको कुण्ठा पोखेका हुन् कि ?
जे होस, नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल नेपाली कांग्रेसलाई ठिक ट्रयाकमा ल्याउने स्थानमै हुनुन्छ । कांग्रेस संगठन चुस्त बनाउन लागि पर्ने दायित्व राम चन्द्रको पनि हो । दायित्वबाट पन्छेर पौडेलले, नेतृत्व हत्याउने नाममा नेपाली कांग्रेस एक्लै चुनावमा भिड्न सक्तैन भन्ने बिचार सार्वजनिक हुनु अत्यन्त निम्नस्तरिय छ । के एक्लै लड्न नसक्ने भए पछि बाम मोर्चासंग तालमेल गर्ने हो ?

दायित्वबाट पन्छेर पौडेलले, नेतृत्व हत्याउने नाममा नेपाली कांग्रेस एक्लै चुनावमा भिड्न सक्तैन भन्ने बिचार सार्वजनिक हुनु अत्यन्त निम्नस्तरिय छ । के एक्लै लड्न नसक्ने भए पछि बाम मोर्चासंग तालमेल गर्ने हो ?

नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला कम्युनिष्टसंग कार्यगत एकता जनमत संग्रहमा समेत हुनुहुन्थेन, उही बीपीबाट प्रशिक्षित पौडेल एमाले संग एक्लै भिड्न नसक्ने आँकलन ब्यक्त गर्दा न त पार्टी, न त नेता कै ईज्जत उँचो हुन्छ ।
कांग्रेस एक्लै चुनावमा जान नसक्नुका पछाडि अन्य दलसँग मोर्चा बनाउने आसय हो भने अत्यन्त आत्मघाती ठहर्छ । नेतृत्वमा पुग्ने अभिलाषा भए उहाँसँग कुन जादुई शक्ति छ, नेपाली कांग्रेसलाई बलियो बनाउने कुन टनिक दिनुहुन्छ ? मात्र आफ्नो प्रसंशा आफैं गरेर मात्र हुँदैन, क्षमता पनि प्रदर्शन गर्न आवश्यक हुन्छ, जुन बरिष्ठ नेताले नदेखाई हुँदैन । शेर बहादुर देउवाको असक्षमता उदागों पार्ने नाउँमा काँग्रेसको शाख गिराउनु उचित हुन सक्दैन । नेताले बोल्दा नकारात्मक प्रभाव पर्ने हुनुहुँदैन जसको ख्याल गर्नैपर्छ ।

लोकप्रिय