अध्यक्षमा भीम रावलको रहर

अध्यक्षमा भीम रावलको रहर

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेको मंसिरमा हुने आठौं महाधिबेशनमा वर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री केपी ओली संग प्रतिस्पर्धामा उत्रने भएका छन् ।
गत मंगलबार आछाममा भएको एमाले कार्यकर्तासंगको भेटघाटको क्रममा उपस्थित कार्यकर्ताहरुले ’अध्यक्ष–अध्यक्ष’ भन्दै ब्यापक समर्थन ब्यक्त गरे पछि रावलले, अब अधिबेशनमा ओली संग भिड्ने बिचार ब्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीको उग्र आलोचक रावल सुदुर पश्चिमाञ्चलको एमालेका कमाण्ड रहुन अनि वर्तमान अध्यक्ष ओलीलाई सत्ताबाट भित्तामा पु¥याउने खेलाडी पनि हुन । कुनै समय ओलीका खास मानिएका रावल सातौं महाधिबेशनमा माधव नेपालको समर्थनमा उपाध्यक्ष जितेका थिए । ओली प्रधामन्त्री रहुन्जेल टिक्न बस्न नदिने प्रमुख मध्यका एक रावल नेकपा फुटाल्न नहुने बरु माधब नेपालहरु पनि एमाले छाडेर जान नहुने पक्षमा थिए, एमाले पार्टी बिभाजन रोक्न अन्तिम सम्म दश बुँदे सहमतिको रट लगाई रहने रावल माधब नेपालसँग समाजवादीमा नगई एमालेमै रहने प्रमुख नेतामा पर्दछ । माधब नेपालको अगुवाईमा एमाले बिभाज नहुँदा माधबसंगै एमाले मै रहेर पार्टी बिभाजनमा साथ नदिने रावललाई अहिले राजनैतिक भबिष्य सुरक्षित नदेखिंदा, माधब नेपालसंग नबाहिरिएकोमा निकै सकस परेको छ ।

रावल कहिले एमालेमा बिद्रोह गर्ने र पार्टी फुटाउने सम्मको चर्चा चलिरहेको बेला आफ्नो गृह जिल्ला पुगेर पार्टी अध्यक्षको उम्मेदवारीको घोषणा गरेका छन् ।
शक्ति बाँडफाँडमा यदि वलीले सहकार्य नगरे आठौ महाधिबेशनमा निर्बिकल्प बन्ने ओली उदेश्यमा तुषारापात हुने निश्चित छ ।
आठौं महाधिबेशनमा जित्न भन्दा एमाले भित्र ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न र बनाउन जोड तोडले प्रयास भईरहेको बेला छिर्के हान्न, एमालेका अध्यक्ष ओलीका स्थायी प्रतिपक्ष रावल कस्सिएका छन् ।

रावलले जित्ने र हार्ने चिन्ता नभएको बताउँदै पटक पटक हारेको र जितेको अनुभव समेत बताउनु भएको छ ।
ओलीले पनि हारेका छन्, आफुले पनि पार्टी भित्र र संसदमा हारेको अहिले पनि हार्न समेत आफु तयार भएको रावलले ब्यक्त गरेका छन् । उदेश्य रावलको मात्र निर्बिरोध हुन वलीलाई रोक्ने र पार्टी भित्र शक्ति सन्तुलन गर्ने, बाँडफाँड गर्ने रहेको देखिएको छ ।
रावल उम्मेदवार रहुन घनश्याम भुषाल लगायतका दश बुँदेका नेताहरुसँग ब्यापक छलफल चलाईरहेका छन् ।

लोकप्रिय