सर्वोच्चमा फुलकोर्ट बैठक सकियो, आजबाट गोलाप्रथा लागु हुने व्यवस्था
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ ।
आज बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले बताए ।
सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागु हुनेछ भने त्यो लागु भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आ – आफ्नो पेशी रोज्ने छन् ।
यससँगै १ महिनादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ । नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फर्किने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्