जनगणना ८० प्रतिशत सकियो

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ । ‘यकिन तथ्यांक त छैन, तर अधिकतम ८० प्रतिशतसम्म गणना सकिएको छ,’ उनले भनेका छन् । १५ दिनको अवधिमध्ये पहिलो १० दिन बढी चापमा काम गर्नुपरेको निर्देशक लामिछानेले बताए । ‘अब वर्कलोड निकै कम भएको छ,’ उनले भने, ‘यसको फाइदा छुटपुट घरबाट पुनः विवरण लिन पर्याप्त समय मिल्छ ।’
लिम्पियाधुराको अन्यौल कामयै रह्यो
जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक–लिम्पियाधुरा–कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्यौलमा छ ।निर्देशक लामिछानेले यो क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको बताए । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।
उता, दार्चुलाको व्यास गाउँपालिका वडा नं १ को छाङ्गरु र तिङ्कर गाउँमा भने नेपाली सेनाको सहयोगमा गणक पु¥याउन लागिएको लामिछानेले जानकारी दिए । यी दुई गाउँमा जान नेपालतर्फबाट बाटो पुगेको छैन ।
बाटो बिग्रिएको भन्दै भारतले अनुमति नदिएपछि यहाँ जनगणना नै नहुने हो कि भन्ने आंशका थियो । तर, अब भने सहजै जनगणना हुने उनले जानकारी दिए । दुईवटा गाउँमा एक सय भन्दा बढी घर परिवार रहेको अनुमान छ ।
गाउँहरुमा हुने अनुमान गरिएको थियो । तर, त्यहाँ पनि पूर्वदेखि पश्चिमसम्म नै सहज रुपमा जनगणना भइरहेको उनले बताए ।
उनीहरुमार्फत तत्काल सहजीकरण गरिएका कारण छिटपुटबाहेक कहीँकतै पनि अवरोधविना जनगणनाको काम भइरहेको विभागको भनाइ छ ।
प्रतिकृया दिनुहोस्