भक्तपुर जिल्ला सभापतिमा कवे बलिया दाबेदार

भक्तपुर जिल्ला सभापतिमा कवे बलिया दाबेदार

 

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चौंथो चरण अन्तरगतको चुनाव १० गते हुनुपर्ने थियो । जिल्ला सभापति, जिल्ला कार्य समिति एवं महासमितिको उमेदवारहरुको मनोनयन हुनुपर्नेमा १२ गते मात्र हुने भएको छ । त्यसैले १० गते एउटा र ११ गते जिल्ला सभापतिको उम्मेदवार बनाउने अर्का पक्षबाट औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छन् ।

भक्तपुर कांग्रेसमा बलियो टिमको रुपमा दुई समुह मात्र रहेका छन् । जसमा बर्तमान जिल्ला सभापति दुर्लभ थापाले नेतृत्व गरि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी शेर बहादुर देउवा निकट हुन् ।
अर्का सशक्त पक्ष छ, जसको नेतृत्व गर्दै अष्टकुमार कबेले । उनीहरु दुवैले सभापति उम्मेदवार घोषणा गरिसकेका छन् । भक्तपुरको मध्यपुर बैंक्वेटमा सम्पन्न भव्य कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका निवर्तमान सभापति गणेशमान चक्रधर र पूर्व जिल्ला सभापति महेश श्रेष्ठ एवं कांग्रेस नेता अष्ट कुमार कबेको संयुक्त नेतृत्वमा एकीकृत छ ।

जुन समुहमा भक्तपुर नगरपालिकाका कांग्रेस सभापति राजेन्द्र तमखु, क्षेत्र नं १ ‘क’ का प्रदेश सभापति शिब अवाल, मध्यपुर नगरसभापति हरिदाश प्रजापति, क्षेत्र नं २ ‘ख’ का प्रदेश सभापति ॐ श्रेष्ठ एवं क्षेत्र नं २ का क्षेत्रीय सभापति भेष बहादुर कार्की, तरुण दलका पूर्व केन्द्रिय सभापति बिनोद कायष्ठ, जिल्ला समितिका निर्वाचित सचिव उद्धव सिmलवाल, मध्यपुर नगरपालिकाको उपमेयर अन्जनादेवी मधिकर्मी लगायत अनेक निख्खर नेताहरुको साथ र सहयोग रहेको अष्ट कुमार कबे जिताउ, अभियान सशक्त रुपमा क्रियाशिल रहेको छन् ।


गत १० गते भक्तपुर बैंक्वेटमा बागमति प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको प्रमुख आतिथ्यमा देउवा समर्थक दुर्लभ थापाको सभापतिमा उमेदवार घोषणा गरेका थिए । अर्का प्रत्यासी कवेले भने ११ गते मात्र मध्यपुर बैंक्वेटमा उम्मेदवार घोषणा गरेका हुन् ।
मध्यपुरमा भएको घोषणा सभाको सभापतित्व महेश श्रेष्ठले गर्नुभएको थियो । श्रेष्ठले सभापतिको उम्मेदवार अष्टकवेको नाम प्रस्ताव गर्दा गणेशमान चक्रधरले, उद्धव सिलवाल, हरि दास श्रेष्ठ, भेष बहादुर कार्की र अन्जना देवी मधिकर्मीले समर्थन गरि फूलमाला एवं टिका लगाई जितको आगि अग्रिम शुभकामना दिएका थिए ।
मध्यपुर नगर कांग्रेस सभापति हरिदाश श्रेष्ठले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा, उद्धव सिलवाल, उद्धव खड्का, अन्जना मधिकर्मीले पनि अष्ट कबे जिताउन आग्रह गर्नु भएको थियो । प्रदेश सभापति ॐ श्रेष्ठले उद्घघोषण गरेको उक्त सभामा क्षत्रीय सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्ला कांग्रेसको किल्ला बनाई छाड्ने लक्ष पुरा नहोउन्जेल, कांग्रेसका सदस्यहरुलाई आराम गर्न नदिने र आफुले पनि आराम नगर्ने बचन वद्धता व्यक्त गर्नुभयो ।
कवेको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै कार्कीले वर्तमान कांग्रेस नेतृत्व परिवर्तन मौकामा नगरे पछि पछुताएर मात्र नहुने, आफुलाई काम गर्न सहज वातावरणको लागि, पार्टीको टिकट किनबेच रोकथाम गर्न र हाम्रा होईन कांग्रेसका राम्रा मानिस खोजेर टिकट दिने र जित्ने उपर्युक्त बाताबरण बनाउन र अष्ट कबेलाई जिताउन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधरले अष्ट कवे जिताउन दुई पूर्व जिल्ला सभापति र अष्ट कवे बीच बलियो गठबन्धन गरेको बताउँदै अघिल्लो पटक कबे र दुर्लभ थापाबीच दोश्रो चरणको निर्वाचनमा दबाबका कारण विवश भएर दुर्लभलाई जिताउन सहयोग र समर्थन गर्नु परेको बताउनुभयो ।
चक्रधरले कार्यक्रममा बोल्दै भन्नुभयो–‘थापाले जितको मातमा कांग्रेसलाई भड्खालोमा हालेको, पहिलो नं को पार्टीलाई भक्तपुरमा चौंथो बनाएको बताउँदै अब दुर्लभलाई जिताउन नहुने यदि दुर्लभ जिते भक्तपुरमा कांग्रेसको अबस्था झन नाजुक हुनेछ ।’

सभापतिको आसनबाट महेश श्रेष्ठले गठबन्धनको नेताहरुलाई बिभाजित गर्न अनेक भ्रम सृजना गरेको, गठबन्धन टुटाउने जाल बुनेको देखिएकोले कोहि कतै भ्रममा नपर्न आग्रह गर्दै, बिजयको दिशामा कवे हिंडेकोले कवेलाई जिताएरै छाड्ने अठोट दोहो¥याउनु भयो ।
सभापतिका पद दावी गर्ने मध्यपुर नगरका पहिलो निर्वाचित मेयर मदन कृष्ण श्रेष्ठ र छालिङ्गका प्रविन बनले पनि जिल्ला सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका गर्नुभएको छ । तर दुवै नेताहरु अन्तिम समयमा शेर बहादुर क्याम्पमा छिरेर महासमितिको सदस्य बन्ने दाउमा रहेको भक्तपुरका कांग्रेस जनहरु बताउँछन् ।

लोकप्रिय