महिला टी-२० विश्वकपको छनोटमा पुग्न असफल

काठमाडौँ । नेपाल आइसिसी टी-२०विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ।टी(२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आज घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो।
युएईलाई हराएको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो। जुन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो। नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ।
एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो। आज दुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट भयो।
नेपालकी ओपनिङ ब्याटर सीता रानामगर ८ बल खेलेर १३ रन जोड्दै आउट भइन्। त्यसपछि ब्याटिङका आएकी कविता कुँवरले ४ रन मात्र जोड्न सकिन्। कप्तान रुबिना क्षेत्री २ रनमा आउट भइन्।
प्रतिकृया दिनुहोस्