भक्तपुरको प्रतिनिधित्व गर्दै नेता चक्रधरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

भक्तपुरको प्रतिनिधित्व गर्दै नेता चक्रधरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

 

नेपाली कांंग्रेस भक्तपुरका एक उम्दा नेता हुन् गणेशमान चक्रधर । निरंकुश राजाले प्रजातन्त्रको हत्या गरेर सञ्चालन गरेको पंचायत बिरुद्व सानै उमेरबाट संघर्ष गरेका, (हाल मध्यपुर नगरपालिकाका) बोडेमा २०१५ सालमा किसान परिवारमा जन्मेहुर्केका चक्रधर पंञ्चायत व्यवस्था समाप्त गर्ने नेपाली कांग्रेसका तात्कालिन भक्तपुरका नेताहरुको सामिप्यतामा बिस्तारै कांग्रेस तर्फ आकर्षित हुन पुग्नुभयो । झन २०३६ सालमा जनमत संग्रहको घोषणा पछि त गणेशमानको गति तीव्र भयो र पंचायतको बिरुद्व बहुदलको समर्थनमा गाउँ टोलमा संगठन बिस्तारलाई तिब्रता दिनुभयो ।
२०४२ सालमा कांग्रेस सर्वमान्य नेता गणेशमान सिँहले आव्हान गरेको सत्याग्रहमा जेल पर्नुभएका चक्रधर, रक्तदान बृक्षारोपण जस्ता कार्यक्रममा कैयन पल्ट काराबासको यातना पाएका थिए । चक्रधर २०४६ को जनआन्दोलनमा पनि जनआन्दोलन परिचालन समितिमा बसेर महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।
स्व. नेता जगन्नाथ आचार्यको २०४३ सालमा पुनर्गठन गर्नुभएको जिल्ला कमिटिमा सदस्य हुनु भएका चक्रधर २०४८ मा तात्कालिन निर्वाचित जिल्ला सभापति राम बहादुर ठकुरीको जिल्ला सचिब हुँदै १२ औं महाधिबेशनमा भक्तपुरका निर्वाचित जिल्ला सभापति चक्रधर, आठौं अधिबेशन देखि निरन्तर महासमिति सदस्य हुनुहुन्छ । गत प्रदेश निर्वाचनमा क्षत्र नं २ प्रदेश ख थिमीमा कांग्रेस उमेदवार बनेका चक्रधर झिनो मतान्तरले पराजित हुन भएको थियो ।
उनै चक्रधरले १४ औं महाधिबेशनमा केन्द्रिय सदस्यमा उम्मेदवार बन्ने बताएका छन् । भक्तपुरबाट भक्तपुरका पूर्व सभापति गणेशमान चक्रधरले चौधौं महाधिबेशनमा केन्द्रिय सदस्य उमेदवारी दिने घोषणा गर्नुभएको छ ।
कांग्रेस महाधिबेशनमा तपाईले जित्ने आधार के छ त भन्ने जिज्ञासामा, चक्रधर भन्नुहुन्छ–‘लामो समय कांग्रेस राजनीतिमा रहेर काम गरेँ, भकतपुरमा मात्र होईन देशैभरिका साथीहरुसंग घुलमिल गरेको निष्ठावान ब्यक्ति हुँ । अवश्य साथीहरुले काम गरेका साथिलाई साथ दिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
आफु प्रकाशमान समुहमा आबद्व रहेको बताउने चक्रधर नेपाली कांग्रेसको सभापति प्रकाशमान बन्नेमा निर्धक्क देखिनुहुन्छ ।

लोकप्रिय