प्रकाशमानले अपमानको बिष पिए
केन्द्रिय सभापतिको निर्वाचन दुई चरणमा भयो पहिलो पटक पाँच जना सभापतिका उमेदवार बिच भएको निर्वाचनमा शेर बहादुर देउवा र शेखर कोइरालाले बडी मत पाए ।
बाँकि तीन उमेदवारहरु क्रमस प्रकाशमान सिँहले ३७१, बिमलेन्द्र नीधिले २४९ र कल्याण गुरुँगले २१ मत पाए ।
नेपाली काँग्रेशको बिधान अनुसार खसेकामा सदर मतको ५०% मत नघाउँदा मात्र पहिलो चरणमा निर्वाचित हुने बैधानिक ब्यबस्था छ ।
सोहि कारण पहिलो चरणमा भएको निर्वाचनमा सर्वाधिक मत प्राप्त शेर बहादुर देउवा भए पनि निर्वाचित हुन सक्नुभएन ।
फलस्वरुप दोश्रो चरणमा सर्वाधिक मत पाउने देउवा र दोश्रा हुने शेखर कोइराला बिच पुन २८ गते निर्वाचन भयो ।
अन्य उमेदवारहरु याने प्रकाशमान, बिमलेन्द्र र गुरुँग रिँग बाहिरिए ।
नेपाली काँग्रेशको चौधौं महाधिबेशनमा धेरै घटना परिघटना देखिए ।
काठमाण्डौको भृकुटी मण्डपमा भएको उद्घघाटन कार्यक्रममा राजावादी राप्रपाका नवनिर्वाचित सभापति राजेन्द्र लिँगदेलदेखि छँदा खाँदाको आफ्नो पार्टी टुक्रा-टुक्रा बनाउने केपीवली, माधब कुमा नेपाल र पुष्प कमल ‘प्रचण्ड’ सममको भाषण एकैथलोमा सुन्ने चाँजो मिलाए पनि नेपाली काँग्रेशले कुनै नीति, छलफल र योजना ल्याउने आबश्यकता ठानेन।
महाधिबेशन प्रतिनीधिहरुलाई बन्द कोठामा राखेर एक शब्द बोल्ने वा सुन्ने समय दिएन । मात्र नेतृत्वमा कसरी टिक्ने ध्याउन्नमा संस्थापन पक्ष देखियो अनि कसरी नेतृत्व खोस्ने ध्याउन्नमा स्थायि प्रतिपक्ष देखियो ।
न त मत हाल्न ब्यबस्थापन गर्ने काँग्रेश निर्वाचन मण्डललाई अलि कति पनि ब्यबस्थापकिय गुण देखियो । निर्वाचन प्रक्रिया त अत्यन्त पट्यार लाग्दो एवं लाज मर्दो अनुभुति गरे, सबैले ।
आधुनिक युग अनुकुल न प्रबिधि न ब्यबस्थापन ।
जे जसरी भए पनि दोश्रो चरणमा सभापतिको निर्वाचन भयो गत मंगलबार ।
सोमबार २७ गते निर्वाचनमा कुल मत दाता ४७४३मा खसेको मत ४६७९ मा देउवाले पाएको २२५८ र शेखरले १७२९ मत पाएका थिए देउवाले खसेका मत मा सदर मत मध्य पचास प्रतिसत ननाघेकोले दुई शीर्ष उमेदवारका बिच २८ गते काठमाणडौको भृकुटी मण्डपमा पुन मत दान भयो अघिल्लो दिन २७ गते भन्दा ६५ मत कम खस्यो ।
शेर बहादुर देउवाले २७३३ मत पाए भने १८५५ मत पाए शेखरले , देउवाले शेखरलाई ९ शेखरलाई हराए । यद्वपी अघिल्लो दिन भन्दा शेखरले पनि १२६ मत बढाए ।
देवाले जिते तर शेखर कोइरालाले पनि ईज्जत बढाए, मत बढाए । आम नेता कार्यकर्तामा उर्जा थपिदिए ।
अर्को मुख्य घटना शेर बहादुरको नेतृत्व परिवर्तन गर्न कम्मर कसेर लागेका प्रकाशमान र बिमलेन्द्र नीधि भने शेर बहादुर कै समर्थन गर्न पुगे र शेर बहादुरलाई सभापति बनाउन पुगे ।
सिँह र नीधिलाई खुब गाली र तालिको बर्षा भएको छ, काँग्रेश बृतमा ।
शेर बहादुर एघारौं महाधिबेशनमा गिरिजा प्रसाद संग हार्दा पार्टी फुटालेर काँग्रेश ध्वस्त बनाएको घटना सबैलाई स्मरण ताजै छ ।
देउवालाले अहिले हार्दा पनि काँग्रेश फुटाउने संभावना उतिकैदेखिएको थियो ।
सायद यहि कारण पनि हुन सक्छ, अपमानको बिष पिएर पनि देउवालाई जिताउन कठीन र कठोर निर्णय लिन बाध्य भए प्रकाशमान सिँह ।
ईतिहाँसमा नेताहरुले पार्टी र लोकतन्त्र जोगाउन अनेक अप्रिय निर्णय लिनु पर्छ, जुन सिँहले लिए र निधिले पनि साथ दिए ।
भारतमा गान्धीले काँग्रेशको संसदिय दलको निर्वाचनमा सरदार बल्लभ भाई पटेलले बहुमत प्राप्त गरे, नेहरु हारे ।
प्रधान मन्त्री बनाउनु पर्ने संसदिय दलका नेता पटेल थिए । गान्धीले प्रधानमन्त्रीमा पटेलको नाम लिने सबैको बिश्वास तोड्दै नेहरुको नाम प्रधानमन्त्रीमा घोषणा गरे सबै आश्चार्य चकित भए । गान्धीको निर्णय सच्याउन दबाब दिए ।
गान्धीले अस्वीकार गरि दिए , उनका बिश्वास पात्रले सोधे ‘ किन जितेका पटेललाई अन्याय गर्नुभयो ?’
तब गान्धीले भन्नु भयो नेहरुले पद नपाए पार्टी फोर्नेछन् तर पटेल पार्टी फुोर्ने काम सोंच्न सम्म सक्दैनन,त्यसकारण पार्टी जोगाउन पंडीत नेहरुलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हुँ ।
कतै २०५८ सालमा गिरिजा संग हारेका देउवाले नेपाली काँग्रेश प्रजातान्त्रीक बनाएझैं गर्ने डर पनि त हुन सक्छ सिँह र नीधिलाई ।
जे होस अपमानको पिडा सहेर,असिम साहसका साथ सिँहले जुन युटर्न गर्नपुगे, नीधिले साथ दिए अनि नेताहरुको साथमा मतदान गर्नपुगे र अघिल्लो दिन देउवालाई हराउन बुरुक-बुरुक भएका प्रतिनिधिले सिँहलाई साथ दिए । देउवालाई मत हाल्न पुगे ।
देउवालाई मत हाल्न कुनै हालतमा हात नजाने प्रतिनिधिले सहयोगी मार्फत पनि नेताको निर्णय र आदेश पालना गर्न पुगे । देउवालाई मत हाल्न परेकोमा पिडा भएको महशुस गरे को उनीहरुको अनुहारले देखाउँथ्यो ।
नेताले समयको आबश्यकतालाई हेरेर, अपमानको बिष पिएर पनि जे निर्णय गरे, जुन युटर्न गरे पार्टी एवं कार्य कर्ताको हितमा यसलाई उपयोग गर्न सके भने निस्चय पनि देश, जनता एवं पार्टीलाई हितकर हुनुपर्छ, बनाउनु पर्छ ।
प्रतिकृया दिनुहोस्