पश्चिमा संस्कृतिको प्रभावमा नपर्न मन्त्री रेग्मीको आग्रह
काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छन् । काठमाडौंमा आयोजित हिमालय अन्तराष्ट्रिय अवार्ड कार्यकममा मन्त्री रेग्मीले संस्कृति नेपालको पहिचान भएकोले कलाकर्मी लगायत सबै नागरिकले यसको जगेर्ना गर्न बिशेष जोड दिनुपर्ने बताइन ।
उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिइन । ‘सरकारले आफ्नो संस्कृतिलाई बिशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदा समेत दिने गरिएको छ,’–मन्त्री रेग्मीले भनिन्,‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढि देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने त होईन भन्ने चिन्ताको विषय छ ।’ उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरिन् ।
पृथ्वी जयन्तीको शुभकामना दिदै मन्त्रि रेग्मीले सबै कलाकर्मीको उज्ज्वल भविष्यको कामना गरेकी छन् ।
प्रतिकृया दिनुहोस्