शहिद सप्ताहको उपलक्ष्यमा शहिदलाई माल्यार्पण

शहिद सप्ताहको उपलक्ष्यमा शहिदलाई माल्यार्पण

भक्तपुर । नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरले शहिद सप्ताहको अन्तिम दिन, १६ माघमा देशको प्रजातान्त्रिक आन्दोलनमा शाहदत्त प्राप्त गरो ज्ञात अज्ञात शहिदहरुो सम्झनामा शहिदको तस्वीरमा माल्यार्पण गरि सहिद दिवस मनाएको छ ।

शहिद दिवस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा शहिदहरुको बलिदानी कार्यको स्मरण गर्दै प्रमुख अतिथि श्रेष्ठले शहिदको बलिदान खेर गएको छैन भन्दै देशको लागि बलिदान दिने शहिदको सपना साकार पार्न र लोकतन्त्रको रक्षा गर्न सदैव समर्पित रहनुपर्ने भन्दै आगामी आसन्न स्थानीय निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा पार्न कांग्रेस कार्यकर्ताहरु सबल र सचेत हुनेमा समेत विश्वास गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले यस अगाडि जसले जे गल्ती गरेको भएपनि अब आसन्न निर्वाचनहरुमा गाली, बद्नामी गर्नेहरुलाई निर्भिताा साथ कारबाही गर्ने बताउनुभयो ।

 

शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै थापाले लोकतन्त्रको रक्षा गर्नु पनि आउँदो निर्वाचनमा नेपाली कांग्रेसले जित्नै पर्ने भएकोले पुराना रागदेषलाई हटाएर आत्मियता बढाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय कार्य समितिका सचिव इश्वर खड्काले स्वागत भाषण गर्नुभएको थियो । नेपा सूर्य विनायक नगर सभापति निशान ढँगेलले पनि शहिद प्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।उक्त शहिद श्रद्धाञ्जली कार्यक्रममको सभापतित्व नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिा सभापति भेष बहादुर कार्कीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीले देश बनाउन देश बचाउन सिमाना शाहदत्त प्राप्त शहिदहरुको पनि स्मरण गर्दै आउँदो निर्वाचनमा भक्तपुरलाई नेपाली कांग्रेसको किल्लामा रुपान्तरण गर्न सबै प्रजातन्त्रवादीहरु, सबै कांग्रेसजनहरु एक जुट भएर लाग्ने समेत बताउनुभयो ।

 

 

लोकप्रिय