सेटिंगमा झ्वाम हुँदै, सय्यौ रोपनी

सेटिंगमा झ्वाम हुँदै, सय्यौ रोपनी

 

भक्तपुर । सूर्यबिनायक नगरपालिकाको वडा नं ९ नंखेलको रिखेटारको सय्यौ रोपनी पर्ती जग्गा भक्तपुरका केही शक्तिशाली ब्यापारीहरुले नगरपालिकाको मिलेमतोमा झ्वाम पारीरहेको छ । नगरपालिका अनधिकृत रुपमा हाउजिंङ्ग लाई संझौता गरेर जग्गा दिन्छन्।काठमाण्डौ उपत्यका प्राधिकरण अन्देखा गरिरहेको छ ।

सरकारी स्वामित्वको जग्गा जोगाउने प्रमुख दायित्व रहेको जिल्ला प्रशाशन जति नै आवाज दिएर स्थानिय जनता चिच्याउँदा पनि कानमा तेल हालेर बसेको छ । शहरी बिकाश मन्त्री राम कुमारी झाँक्री स्थानिय नागरिकको आवाजमा साथ दिने भन्दै कुर्लेकी थिईन झन उनै मन्त्रीको कार्यालय देखेर पनि नदेखेको गरि साँठ गाँठमा प्लटिंग गर्ने कार्यमा तिब्रता दिएका छन् । खोलो मिच्ने, धार परिवर्तन गर्ने र हाउजिङ्ग गर्ने संस्थाले छोड्नु पर्ने ४.५५ जग्गा पनि सरकारी जग्गा नै छाड्ने जस्तो चलखेल भएको छ । जुन कार्य गर्दा सरकारी जग्गाको ब्यापक हिनामिना हुँदैछ ।
खोला किनार मात्र मिचेको नभै खोलानै सार्ने दुष्कार्य भएको छ । सार्वजनिक पर्ती जमिनमा गिद्धे नजर लगाउने हरुले गत सथानिय निर्वाचनमा जित हाँसिल गरे पछि भक्तपुरका ९२ स्थानमा अबैध प्लटिँग गरिएको छ । स्थानिय निकायका जनप्रतिनिधि भएका भूमाफियाहरुले नै मोटो रकमको लेन देन गरि पर्ती जग्गा अनधिकृत तवरले हाउजिंङ्गलाई उपलब्ध गराएर अकुत कुम्ल्याईरहेका छन् । आफ्नो निजी जमिन सम्याउन स्काभेटर लगाउँन समेत नगरपालिकासंग अनुमति लिनु पर्ने र एक घण्टाको ५०० का दरले नगरपालिकालाई शुल्क बुझाउनु पर्छ ।

तर रिखेटारमा साँढे दुई दर्जन डोजर महिनौ देखि चलिरहेछन् । न त उनिहरुले बैधानिक शुल्क नगरपालिकालाई तिरेका छन् न त सरकारी जमिनमा मन परी खन्न र प्लटिँग गर्न छोडेका छन् ।
स्थानिय बासिन्दाको पानीका मुहान, पानी मूल, ईनार समेत पुरिएको छ । सय्यौ रुख काटिएको छ । स्थानिय नागरिकहरुले सरकारी जमिनको संरक्षणको लागि आवाज उठाएका छन् । नगरपालिका, नगर बिकाश उपत्यका प्राधिकरण, प्रमुख जिल्ला अधिकारी र शहरी बिकाश मन्त्री र मन्त्रालय मात्र होईन अख्तियार समेत पुगे तर पनि पर्ती जमिन र पानीका मुहानको सुरक्षाको लागि कुनै निकायले पनि कार्वाही बढाएकाछैनन् । स्थानिय बुद्विजिबीहरुले नागरिक समाज गठन गरेर दबाब बढाएका छन् ।

नागरिक समाजमा पशुपति खत्री, माधब खत्री, नेपाली काँग्रेशको वडा नं ९ नंखेलका सभापति गोकुल खत्री, रुपेन्द्र खत्री, तरुण दलका सन्जोग थापा, भगवान खत्री लगायत प्रतिष्ठित ब्यक्तित्वहरुले कुनै हालतमा उक्त सरकारी जमिन हिनामिना हुन नदिने कसम खाँदै रिपोर्टस क्लबमा पुगेर पत्रकार सम्मेलन समेत गरि सकेका छन् ।
ग्रिन भिलेज हाउजिँग प्रालिका दुई हस्तिहरु लक्ष्मण अवाल र प्रबिन पुष्माको प्रमुख नेतृत्व देखिए पनि उक्त हाउजिँगमा नेकपाका नेतृत्व, सूर्यबिनायक नगरपालिकाका मेयर बासु देब थापाको प्रत्यक्ष संलग्नता देखिए पनि नेकपाका उपल्ला तह र तप्काका नेताहरु पनि भाग लिने खानेहरुमा गनिएका छन् ।

हाउजिँगको चास्निमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नगर बिकाश प्राधिकरण लगायतले आँखा चिम्लिए बापत समेत भाग शान्ति जय नेपाल गरेको स्थानिय स्तरमा चर्चा चलेको छ ।
स्थानिय नागरिकहरु सरकारी जग्गा संरक्षणको निमित्त जागरुक भएकोले हर्ष प्रकट गर्दै नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिका सभापति भेष बहादुर कार्कीसंग जिज्ञाँसा राख्दा भन्नुहुन्छु ब्यबसायिलाई प्रचलित कानुन अनुसार ब्यबसाय गर्ने छुट होला तर सरकारी जग्गा अनधिकृत रुपमा भोगचलन गर्न दिने हक कुनै निकायलाई छैन ।

छिटै पुरानो नक्सा अनुसार जग्गा छाडिएन र खोलाको नक्सा, पर्ती जमिनको स्वरुप यथास्थानमा ल्याईँदैन भने सशक्त प्रतिकारमा काँग्रेश उत्रनेु बताउनुहुन्छ ।
कसरी कुन रुपमा प्रतिकार गर्ने भन्ने बिषयमा जिज्ञासा राख्दा नगरपालिका घेराउ, राजमार्गमा आन्दोलन र नंखेलमा कार्यस्थलमा अबरोध गर्न पछि परिनेछैन ।

लोकप्रिय