स्वास्थ्यकर्मीको भत्ता को–को मिलेर चप्काए ?

स्वास्थ्यकर्मीको भत्ता को–को मिलेर चप्काए ?

 

काठमाडौ । कोरोना महामारीमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको जोखिम भत्ता काठमाडौ महानगरका हाकिमले चप्काईदिएका छन् । रात दिन नभनि रोगको प्रवाह नगरी ५० प्रतिशत भत्ताको आशमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता आफैँ बुझेर महानगरका हाकिमले अनियमितता गरेको आरोप सहित केही स्वास्थ्यकर्मीहरुले अख्तियारमा उजुरी दिने भएका छन् ।
काठमाडौ महानगरका प्रशासनका कर्मचारीले जोखिम भत्ता निकाशा भएको बताएपनि स्वास्थ्यकर्मीको हातमा परेको छैन । महानगरको स्वास्थ्यका हाकिम हरिबहादुर कुँवरले स्वास्थ्यकर्मीको भत्ताले दैनिक जाँडपार्टी गर्ने गरेको महानगरकै अर्का कर्मचारीको भनाई छ ।
मेयर विद्यासुन्दर शाक्य र अरु केही कर्मचारीहरुलाई रिझाएर एक वर्ष यतादेखि महानगरको स्वास्थ्य विभाग सम्हालेका कुँवरले कोरोना कहरका माझमा पनि स्वास्थ्यकै पैसाले दैनिक जाँड पार्टी गर्ने गरेको उजुरी मेयर समक्ष पुगेको महिनौँ वित्दा पनि मेयरले एक्सन लिएकै छैनन् । मेयर पनि ‘तैँ चुप मै चुप’ भएपछि स्वास्थ्यकर्मीले झन् आशंका गर्ने ठाउँ पाएको एक कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।
कुँवर आफैँमा खराब नभएपनि महानगरका अन्य कर्मचारीका कारण हौसिएर अरुको भाग खोस्न चम्किएको अर्का कर्मचारीको आरोप छ ।
सेटिङ्ग र माथिकै मिलेमतोमा स्वास्थ्यकर्मीको भत्ता प्रशासनका कर्मचारीले खोसिदिएपछि स्वास्थ्यकर्मी झोक्राएर बस्न थालेका छन् । महानगरमा ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने भनाई चरितार्थ भएपछि र मेयरले पनि एक कानले सुनेर अर्को कानले उडाउने गरेपछि बाध्य भएर अख्तियार गुहार्नु परेको एक स्वास्थ्यकर्मीले बताइन् ।

लोकप्रिय