एमालेविना दुई तिहाई पुग्दैन, अनि कसरी लाग्छ महाअभियोग ?
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्तारूढ गठबन्धनले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरे पनि पारितका लागि एमालेविना त्यो सम्वभ देखिँदैन । महाभियोग पारितका लाई प्रमुख विपक्षी दल एमालेले साथ नदिएसम्म सम्भव छैन ।
प्रतिनिधिसभाबाट महाअभियोग प्रस्ताव पारित हुन सम्पूर्ण सदस्य संख्या अर्थात् २ सय ७५ कै दुइ तिहाइ आवश्यक हुन्छ । यसका लागि १ सय ८२ सांसद चाहिन्छ ।
अब प्रतिनिधिसभाको गणिततर्फ जाऔं । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २ सय ७१ सांसद छन् । जसमा एमालेका ९७, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका २४, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् । एक जना स्वतन्त्र सांसद छक्कबहादुर लामा छन् । माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र र गौरीशंकर चौधरीको स्थान रिक्त भएकाले प्रतिनिधिसभाको संख्या घटेको हो ।
उता, नेपाली कांग्रेसका मोहम्मद अफताब आलम र जनता समाजवादी पार्टीका रेशम चौधरी ९उनले केही दिनअघि मात्र आफ्नो श्रीमतीको अध्यक्षतामा नयाँ दल गठन गरेका छन्० जेलमा छन् । कांग्रेसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । हरिनारायण रौनियार ९पप्पु० भ्रष्टाचार आरोपमा निलम्बनमा छन् । उनीहरूले मत हाल्न पाउँदैनन् ।
महाभियोग प्रस्ताव पारितका लागि प्रतिनिधिसभाका १ सय ८२ सांसद आवश्यक भए पनि सरकार सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धनसँग १ सय ५८ जना मात्र छ । यीमध्ये चार जनाले मत हाल्न पाउँदैन । उनीहरुको संख्या घटाउँदा १ सय ५४ हुन्छ । प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादी पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसद लामाले साथ दिने नदिने पछाडिको कुरा हो । उनीहरूले साथ दिँदा १६ बढेर १ सय ७० पुग्छ । यो भनेको सभामुखसहितको संख्या हो । सभामुखले बराबर भएको अवस्थामा मात्र मत दिन पाउँछन् ।
यो अवस्थामा अझै १३ मत पुग्दैन । यस्तो अवस्थामा सत्तारूढ गठबन्धनले के गर्छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । त्यसैले सहजै के भन्न सकिन्छ भने अहिले ल्याइएको महाअभियोग कुनै हालतमा पारित हुँदैन । यस्तो अवस्थामा सत्तारूढ दलले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत फर्किन नदिन प्रतिनिधिसभामै महाअभियोगको विषय अड्काउने सम्भावना धेरै देखिन्छ ।
प्रतिकृया दिनुहोस्