दाहाल–नेपाललाई डा भट्टराईको चेतावनी–‘एमसीसीको विरोध गर्ने भए सरकार छाडे हुन्छ’

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्।
सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन्।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन÷सरकारमा बस्न मिल्दैन’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्।
सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुन नहुने उनले बताएका छन्। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु भएको भट्टराईको भनाइ छ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।
प्रतिकृया दिनुहोस्