आफूँले भ्रष्टाचार गरेको प्रमाण पेश गर्दासमेत कारबाही नभएपछि पूर्वमन्त्री पाण्डे आए मिडियामा
काठमाडौ । आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।
उद्योगपति समेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् ।
पुर्वमन्त्री पाण्डेले बारम्बार आफु दोषी हुँ र मलाई दण्डित गरियोस् भन्दा पनि आफुलाई सरकारले कुनै कारबाही नगरेको टिप्पणी गरे । पुर्वमन्त्री पाण्डेले १९ वर्ष अघि पनि आफुलाई दण्डित गर्न माग गर्दै कालोपट्टी बाँधेको स्मरण गराए ।
पहिलोपटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाबन्दी पछि आफुले विश्व बैंकमा अरुण तेस्रोको बारेमा वार्ता गरेको उनले सुनाए । आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए ।
उनले भने,‘मैले सम्पत्ति आर्जन गर्न अरुलाई घुस दिएको हो, जे आर्जन गरें त्यसको केही मातृभुमिलाई दिनुपर्ने थियो त्यो दिएको छैन्, त्यति हुँदापनि म प्रतिष्ठित भएर यो समाजमा हिडिरहेको छु । मलाई राज्यले दण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’
उनले १९ वर्ष अघिको घटना स्मरण गराउँदै आफुले काँस्की प्रहरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने–‘काँस्की प्रहरीले केही नगरेपछि म अख्तियारमा गएँ र दण्डित गर्न आग्रह गरेको थिए । त्यत्तिबेला अख्तियारले मेरो मुद्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन्, अख्तियारले तामेलीमा राखेको मुद्दा फेरी पुर्नजीवित गराउन यही मार्फत आग्रह गर्दछु ।’
प्रतिकृया दिनुहोस्