काठमाडौंको कुरुप रुप
अनुसा थापा
मुलुकभर वा काठमाडौं उपत्यका भएको खोलाहरु आजभन्दा पाँचदशक अघि निकै सफा थियो । सर्वसाधारणहरुले आफ्नो घरायासी प्रयोजनदेखि पिउनको लागि समेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर भरपुर पानी पिउथे । तर, पछिल्लो केही वर्षयता उपत्यकामा भएका खोलाहरु निकै फोहोर छ ।
खोलामा पानी त छ तर केही कामको निम्ति प्रयोग गर्नेजस्तो छैन् । हिउदमा होस् या बर्खामा उपत्यकाको खोला कहिले संग्लो भएको देख्न पाइदैन् । हामी मानव जातिको कारण भएकाजति खोलानाला सबै प्रदुषण भए । पहिले बग्दा यही पानी खानलायक थियो, अहिले सुग्नलायक पनि छैन् ।
बढ्दो अव्यवस्थित सहरीकरणको कारण सबै खोलानालामा फोहोर मिसियो । ढलसमेत खोलामै ल्याएर मिसाइएको छ । खोलानाला छेउछाउ फोहोरको डंगुर थुपारिएको देख्न सकिन्छ । कुनै जीवजन्तु वा चराचुरुगीले त्यो पानी खायो भने उनीहरुको प्राणन्त हुन्छ । पछिल्लो समय खोला कब्जा गरेर सुकुम्बासीको नाममा मानिसहरु खोला छेउछाउ बसिरहेको छन् ।
खोला मासेर, सरकारी जग्गा कब्जा गरेर, खोलालाई दुर्गन्धित बनाएर उनीहरु बसिरहेको छ । वास्तवमै सुकुम्बासी नभएकाहरुले ढोंग गर्न र सरकारबाट सान्त्वना पाउन खोला छेउछाउ आएर बसेको हुन् । लाजिम्पाटको उत्तर ढोका गैरिधारा हुदैं जय नेपाल हल हुदै बागबजार हुदैं भृकुटीमण्डप बग्ने खोला मासेर घर बनाइएको छ ।
भृकुटीमण्डप र लाजिम्पाटमा खोला भेटिन्छ तर अन्य क्षेत्रको खोला मासेर घर बनाइसकेको छ । खोला मासेर आफ्नो नाममा दर्ता गरेर घर बनाउनेलाई सरकारले कारबाही गरेको छैन् । यता, भएका खोलाहरुको पनि उचित हेरचाह र सरसफाइमा सरकारी निकाय परवाह देखिन्छ ।
जनताले खाइनखाई तिरेको कर र विदेशीबाट लिएको ऋणबाट खोला सफा गर्ने भनेर घोषणा भयो । हरेक हप्ताको शनिबार खोला सरसफाइ गर्ने भनिएको थियो । एकदुई दिन सबैले तातेकोजस्तै गरे, सफा गरेको नाटक देखाए । अर्को दिनदेखि फेरि उस्तै । खोला सफा नभएपनि अर्बौ रुपैंया सखाप भयो ।
तर, खोलानालामा भएको प्लास्टिक अहिले पनि उस्तै छ । पानी जस्ताको तस्तै छ, अलिकति पनि संग्लिएको छैन् । जनताले तिरेको कर यी अभियन्ता र सरकारकै मिलोमतोमा झ्याम बन्यो । सरकारले उपत्यकाबाट निस्किने फोहोरको सही तरिकाले विसर्जन गर्न नसक्दा खोलानाला निकै प्रदुषित बनेको छ ।
अहिले मानिसहरुले आफ्नो घर, पसल, होटलबाट निस्किएको फोहोरहरु सिधै खोलानालामा ल्याएर फ्याकिदिन्छन् । यता, ढलको पनि उचित व्यवस्थापन हुन नसक्दा यो पनि खोलामै मिसिन्छ । चेतनाको कमी वा बाध्यताको कारण कतिपय खोला वा पुलमुनि गएर दिसापिसाव गर्छन् ।
जसले गर्दा दुर्गन्ध झनै फैलिएको छ । सरकारले नयाँ सार्वजनिक शौचालय बनाउनमा जोड दिदैन् । भएको पुरानालाई पनि जतन गर्न सकिएको छैन् । सार्वजनिक शौचालयहरु निकै नै फोहोर छ । एकातिर पानीको व्यवस्था छैन् अर्कोतिर चुकुल । भित्तैभरि पान खाएर थुकेको छन् ।
बल्लतल्ल शौचालयको प्रयोग गरेपनि हात धुन साबुन हुदैन् । भित्तैभरि पानको छिटैछिट्टा छन् । तापनि यस्ता शौचालय प्रयोग गरेको दशदेखि २० रुपैया तिर्नुपरेको छ । दिसापिसाव गरेर तिरेको पैसा पनि राज्यको ढुकुटीमा जादैन् । यता, पैसा तिरेपनि सरसफाइ गरिएको छैन् ।
सार्वजनिक शौचालयमा पैसा लिने व्यवस्था नै गलत छ । पैसा हुनेचाहि शौचालय जाने पाउने, नहुनेचाहि नपाउने ? पैसा लिने व्यवस्थाले अधिकांशले खोलानालाको छेउछाउ गएर दिसापिसाब गरिदिन्छन् । होटलमा पनि केही नखाई शौचालय जान पाइदैन् । घरबाट बाहिर निस्कि सकेपछिको प्रमुख समस्या नै यही बनेको छ ।
प्रतिकृया दिनुहोस्