रुस–युक्रेन युद्धले बढायो मानवीय त्रासदी
अघिल्लो हप्ता रुसले युक्रेनको पुर्वी दुईवटा पृथकताबादी नियन्त्रित क्षेत्र दोनेत्स्क र लुहान्स्कलाइलाई स्वतन्त्र राज्यको मान्यता दियो । त्यसपछि यी दुई मुलुक बिचको विवाद उत्कर्षमा पुगेको छ । यो सँगै अन्तराष्ट्रिय मुलुकहरुको चासो पनि बढेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले र यी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि शान्ति कायम गर्न भन्दै आफनो मुलुकको सेना युक्रेनमा प्रवेश गराएका थिए । पृथकतावादी बिद्रोही समुहले पुिटनको निर्णय र कदमलाई स्वागत गर्दै खुशीयाली मनाएका छन ।
सन २०१४ देखि नै बिद्रोहीहरु युक्रेनका सेनाहरु बिरुद्ध लडाईं लडिरहेका थिए । यस बिचमा युद्धको क्रममा १४ हजार भन्दा बढीको ज्यान गईसकेको समाचारमा जनाइएको छ । युक्रेनले आफनो सार्वभौम सम्पन्न मुलुक माथि रुसले धावा बोल्ने र हस्तक्षेप गरेकोमा बिरोध जनाउँदै सो कदमको ठाडो रुपमा बिरोध जनाउँदै आएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी हस्तक्षेप बिरुद्ध डटेर सामना गर्न जनतासँग अपिल गरेका छन ।
सार्वभौम सम्पन्न मुलुक माथि भएको रुसी आक्रमणसँग नडराउन र प्रतिवाद गर्न युक्रेनबासीलाई राष्ट्रपति जेलेन्स्कीले आव्हान पनि गर्दै आएका छन ।
तर रुसले एकपक्षिय ढंगबाट गएको बिहिवार देखि युक्रेनमा निरन्तर रपमा हवाई आक्रमण शुरु गरेको छ । सो आक्रमणको अन्तराष्ट्रिय जगतले बिरोध जनाएका छन ।
अमेरिका र युरोपेली मुलुकले युक्रेनमाथि भएको रुसी हमलाको खुलेरै बिरोध गरेको छ । तर रुसी राष्ट्रपति पुटिनले भने आक्रमणको समर्थन जुटाउन बिभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग वार्ता र संवाद अगाडि बढाइरहेका छन । खासगरी पुटिनले चीन, भारतलगायत मुलुकको समर्थन खोजेको बताइन्छ ।
युक्रेनमा आक्रमण गरेकै दिन राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका थिए । साथै भारतसँग सैनिक सहयोगको अपेक्षा राष्ट्रपति पुटिन गरेको भएपनि ठोस जवाफ भने पाइसकेका छैनन । भारतले भने युक्रेनमा रहेका आफना नागरिकको जीवन रक्षालाई पहिलो शर्तको रुपमा अगाडि सारेको प्राप्त समाचारहरुमा बताइएको छ ।
युक्रेनमा रुसले बिहिवारदेखी गरेको सैनिक आक्रमण पछि त्यहाँ रहेका नेपाली नागरिकबारे सरकारको चासो बढेको छ । खासगरी अध्ययनका लागि त्यहाँ पुगेका बिद्यार्थीहरुको अवस्थालाई लिएर परिवारजनले चिन्ता प्रकट गरेका छन । होस्लटमा बसेर अध्ययन गर्दै आएका केही बिद्यार्थीहरु युक्रेन छोडनका लागि घण्टौ हिंडेर वोर्डरतर्फ अगाडि बढेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन ।
सवारी साधन र ट्रेनको प्रतिक्षा गर्दा संभव नभएपछि चार पाँच दिनको यात्रा पार गर्दै उनीहरु बोर्डर पार गर्न अगाडि बढेको समाचारहरु बाहिर आएका छन । नेपाल सरकारसँग स्वदेश फिर्तीको लागि त्यहाँ रहेका नागरिकहरुले अनुनय बिनय गरेपनि कुनै व्यवस्था सरकारले गर्न सकेको छैन । जर्मनीमा रहेको दुताबाससँग सम्पर्क गर्न भन्नेबाहेका सरकारले कुनै बैकिल्प उपाय नदेखाउँदा बिद्यार्थीहरु निक्कै धेरै समस्यामा परेको समाचारहरु बाहिर आएका छन ।
युक्रेनमाथि युद्धको संकेत पाए लगत्तै छिमेकी मुलक भारतले जहाज पठाएर आफना नागरिकको उद्दार गरेको थियो । तर नेपालले भने परराष्ट्र मन्त्रालयमार्फत रुसलाई युद्ध रोक्न भन्नेबाहेक अन्य कुन आफनो रणनीतिक योजना अगाडि बढाउन सकिरहेको छैन । दुई देशका बिचमा चलिरहेको सैनिक युद्धका कारण मानवीय त्रासदी भने निकै बढको छ ।
प्रतिकृया दिनुहोस्