सर्तसहित एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार

सर्तसहित एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार

 

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्व सहमत भए एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने छ ।
तर माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरेर नआए कुनै पनि बेला गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

लोकप्रिय