महालक्ष्मी विकास बैंकका अध्यक्ष लगायत सञ्चालकहरुले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंकका अध्यक्ष लगायत सञ्चालकहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे फाल्गुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् । सोहि दिन बसेको संचालक समितीको ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोह बीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराए । साथै सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराएका थिए ।

लोकप्रिय