सोमबारको मौसम-सामान्यदेखि पूर्ण बदली रही मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

सोमबारको मौसम-सामान्यदेखि पूर्ण बदली रही मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडाैँ-मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले जारी गरेकाे माैसम बुलेटिन अनुसार हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

महाशाखाका अनुसार आज दिनभरको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएकाे छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आफ्नाे बुलेटिनमा उल्लेख गरेकाे छ।

 

लोकप्रिय