प्रेस चौतारीका नवानिर्वाचित अध्यक्ष बस्नेतद्वारा आभार व्यक्त
काठमाडौ । नेकपा एमालेसम्वद्ध पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको हालै नवौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा पुनः गणेश बस्नेत सर्वसम्मत चयन भएका छन् । यो उनको तेस्रो कार्यकाल हो । अध्यक्षमा चयन भएका बस्नेतले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष बस्नेतकै शब्दमा
नेपाली पत्रकारहरुको सवैभन्दा ठूलो र हामी सवैको गौरवशाली संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरी गण्डकी प्रदेशको सुन्दर एवं पर्यटकीय नगरी पोखराबाट एक सातापछि कर्मथलो काठमाडौं फर्किएको छु ।
यो महाधिवेशन सम्पन्न गर्न अहोरात्र खटनु हुने कास्की र गण्डकी प्रदेश कमिटीका सवै मित्रहरुको ऋण जीवनभर चुकाउन सक्छु जस्तो लाग्दैन । आभारी र ऋणी छु ।
महाधिवेशन सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुभएका नेपाली जनताको मनमा बस्नुभएका वास्तविक नायक नेकपा (एमाले) का आदरणीय अध्यक्ष, पूर्वप्रधानमन्त्री राजनेता केपी शर्मा ओली, प्रेस चौतारी नेपालका इञ्चार्ज तथा नेकपा (एमाले)का उपमहासचिव, केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र सह–इञ्चार्ज एवं केन्द्रीय प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालप्रति बिशेष आभारी छु ।
यसैगरी महाधिवेशनलाई सब्य र भब्य बनाउन सहयोग गर्नु हुने नेकपा एमालेका आदरणीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव कमरेडहरुसहित स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सवै सदस्य कमरेडहरुप्रति पनि आभारी छु । यसैगरी प्रेस चौतारीका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य, सवै प्रदेश र जिल्ला समितिको योगदानप्रति पनि आभारी छु ।
नवौं राष्ट्रिय महाधिवेशनलाई सब्य र भब्य बनाउने दृढ अठोटसहित नेतृत्व हस्तान्तरण गर्ने मेरो पूर्वघोषित योजना र चाहना यसपटक अधिकांश महाधिवेशन प्रतिनिधि मित्रहरुको चाहना एवं आदेश र पार्टी निर्देशनको कारण पूरा हुन सकेन । म आफै पुनः नेतृत्वमा रहनै पर्ने अवस्था सिर्जना भयो ।
महाधिवेशन प्रतिनिधिको दवावकै आधारमा पार्टीको निर्देशन आएको कारण मैले पार्टी नेतृत्व र प्रेस चौतारी नेपालका देशैभरका साथीहरुको निर्देशन अबज्ञा गर्न सकिन । मैले निर्देशनको पालना गरी संगठनको नेतृत्व लिनु पर्दा म भन्दा राम्रोसँग हाँक्न सक्छु भन्ने साथीहरुको मन कुडिएको छ । उहाँहरुको मनमा बसिरहेको म त्यसबाट निश्काशित हुनुपरेको छ ।
लगभग ९५ प्रतिशत प्रतिनिधिको आदेश र पार्टी नेतृत्वको चित्त दुखाउनु र निर्देशन अबज्ञा गरी कलंकको टीका लगाउनु भन्दा नेतृत्व लिन चाहने साथीहरुको नजरमा गिर्नु परेको छ । दोहोरिन इच्छा छैन भनेर हामीलाई चुनावको तयारी गर्न अनुमति दिने ब्यक्ति नै पुनः किन आउने रु भन्ने प्रश्न मनमा गढेको छ । नेतृत्वमा आउन चाहने साथीहरुमा म चुनाव लडेरै अध्यक्ष जित्थे भन्ने दृढ आत्मबिश्वास पनि थियो । उहाँहरुको त्यो बिश्वास पनि मेरो कारणले टुटेको छ । म बाधक बने । उहाँहरुको मनमा बिझेको यो खील उतार्न मैलै कहिल्यै नसक्ने र जीवनमा कहिल्यै असल मान्छेको दर्जा नपाउने अवस्था आएको छ । यसप्रति म लज्जित छु ।
सवैभन्दा बढी पीडा र जीवनमै सवैभन्दा ठूलो भूल पनि यही महाधिवेशनमा मबाट भएको छ ।
मलाई बिश्वास गरेर कुनै नेताको घरमा नधाउनु भएका मेरा अति प्रिय एवं मन र मष्तिश्कमा सधै रहिरहने धेरै साथीहरु योग्यता र क्षमतामा सवैभन्दा अब्बल हुँदाहुँदै पनि बिधानमा रहेको बाध्यताका कारण पदाधिकारीमा छुटनु भएको छ । यस्तै केन्द्रीय समितिमा ल्याउनै पर्ने ९९ जना साथीहरु पनि बिधानकै बाध्यताका कारण छुटनु भएको छ ।
मलाई जसरी पनि नेतृत्वमा रहनै पर्ने बटमलाइन बनाउनु भएका उमेर र क्षमताका आधारमा म भन्दा धेरै योग्य मेरो प्रिय मित्र लालबाबु शेखलाई यो कार्यसमितिमा समेटन नसक्दाको पीडा मलाई जीवनभर हुनेछ ।
लालबाबुजीले मेरा लागि पद त्याग गर्दा बिधानको ब्यवस्थाका कारण अन्य साथीहरु पदाधिकारीमा आउनै नसक्ने भएपछि सिंगो मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व पदाधिकारीमा हुन सकेन ।
प्रेस चौतारीले आफ्नो पदाधिकारी र केन्द्रीय समितिमा नेपालको बिबिधता झल्काउने पार्टी नेतृत्व र इञ्चार्ज, सह( इञ्चार्जसहित मेरो चाहना असफल भएको छ । यो कुरा जीवनभर सधै मुटुभित्र खिल बनेर रहने छ ।
अर्को पनि पीडा छ, मैले नै सदैव माया गरेर यो संगठनमा अघि बढाएको प्रिय भाई कमरेड माधव नेपाललाई नेतृत्व हस्तान्तरण गर्ने आठौं राष्ट्यि अधिवेशनको मेरो प्रतिवद्धता पूरा गर्न सकिन ।
यो कुराले मलाई सधै सताइ रहनेछ । पदाधिकारी र समितिमा नअटनु भएका साथीहरु अयोग्य भएर होइन, सवै साथीहरु म भन्दा पनि धेरै योग्य हुनुहुन्छ । यही पीडाका कारण मैले नवौं राष्ट्यि महाधिवेशनबाट ९५ प्रतिशत प्रतिनिधि मित्रहरुको चाहना अनुसार सर्वसम्मत अध्यक्ष निर्वाचित भएको चार दिनसम्म पनि कुनै अक्षर छनोट गर्न सकिन ।
अन्तमा, संगठनको खातामा रकम नभए पनि आफै ब्यवस्था गरेर महाधिवेशन प्रतिनिधि फर्कनु अगावै होटलको रकम भुक्तानी गरेर प्रेस चौतारी नेपाल र नेकपा एमालेका आदरणीय अध्यक्ष, इञ्चार्जसहित सवै नेताहरुको प्रतिष्ठामा दाग लाग्न नदिने आर्थिक उपसमितिका सवै साथीहरुप्रति स्यालुट गर्न चाहन्छु ।
महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने सवै आदरणीय ब्यक्तित्वप्रति आभारी छु । चित्त दुखाउनु भएका प्रिय सहयोद्धा साथीहरुप्रति लज्जित छु । तपाईहरुको बिश्वास जित्न फेरि प्रयत्न गर्ने छु ।
सवैको साझा बन्ने प्रयत्न गर्ने छु, तथ्यका आधारमा सत्य स्थापित गर्ने र हाम्रा अबिभावकले अघि बढाउनु भएको समृद्ध नेपाल स् सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सञ्चार कर्मबाटै दृढताका साथ लाग्ने संकल्प गर्दुछ ।
साथै मेरो आग्रह स्वीकार गरी हरेक संकटमा साथ दिनु हुने आदरणीय गुरू तथा निर्वाचन समितिका प्रमुख रघु मैनालीले हस्ताक्षर गरी घोषणा गर्नु भएको पदाधिकारी, केन्द्रीय समिति र आयोगमा सर्वसम्मत निर्वाचित हुनुभएका साथीहरुलाई बधाईसहित सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्