एनआरएन साउदी अरबको निर्वाचनमा चरम् धाँधली भएको आरोप

एनआरएन साउदी अरबको निर्वाचनमा चरम् धाँधली भएको आरोप

 

साउदी अरब  । गैर आवासिय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिबेशनमा चरम् धाधली भएको उम्मेद्वारले आरोप लगाएका छन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी निर्देशिका एवं समय तालिका समेतको उल्लंघन गरेको आरोप उम्मेदवारले लगाएका हुन ।

एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भीर अनियमितता गरेको २०२१-२०२३ कार्यकालका लागी अध्यक्षमा उमेदवारी प्रस्तुत गरेका रोशन श्रेष्ठले जानकारी दिए ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको निर्वाचन समितिका संयोजक जोन अर्याल, सदस्य नारायण पासवान र रमेश भण्डारी रहेको समितिबाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गराउन जोडदार माग गरिएको छ ।

नेपाली काङ्रेसको भातृसंगठन जनसम्पर्क समिति र संघिय लोकतान्त्रिक राष्टिय मंचको भातृसंगठन संघिय लिम्बुवान सामाजिक मंच साउदीले समेत प्रेश बिज्ञप्ती प्रकाशित गरी अनियमितताको ध्यानाकर्षण गराएको थियो ।

निर्वाचन समिति, संघको राष्ट्रिय समन्वय परिषद साउदी अरब र गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीलाई जानकारी गराउदा समेत सुनवाइ नभएको साउदी अरबबाट लिम्बुवान सामाजिक मंच सल्लाहाकार श्रीलिम्बुले जानकारी दिए ।

अध्यक्षको उमेदवार रहेका रोशन श्रेष्ठले आफुले पटक पटक निर्वाचन समिती र राष्ट्रिय समन्वय समितीलाई ध्यानाकर्षण गराउदा समेत सुन्वाइ नभएको प्रती दु:ख व्यक्त गरेका छन।

उनले आफु विगत ८ वर्षदेखि निरन्तर सकृय भई कार्यसमितिमा उपाध्यक्ष र आठौं अधिवेशनको अध्यक्षको प्रत्यासी रहेको र एनआरएनए एनसीसी साउदी अरेबियाको आठौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी भएको हैसियतले एवम संस्थाको गरिमालाई मध्यानजर गर्दै संस्थाको आठौं अधिवेशनका लागि संस्था र निर्वाचन समितिले गरिरहेका गतिविधि बारे जानकारी गराएको तर सुनुवाइ नभएको बताए ।

‘उम्मेद्वार भएको हैसियतले आफुले निर्वाचन समिति, वर्तमान कार्यसमितिका अध्यक्ष, आईसिसिका वहालवाला अग्रज पदाधिकारीहरुको समेत ध्यानाकर्षण गराउनु कर्तव्य ठानेको छु ।’ अध्यक्षका प्रत्यासी श्रेष्ठले भने ।

विधान विपरित कार्यसमितिले अधिवेशन प्रतिनिधिहरु छनौट गरेको, निर्वाचनको तालिका विपरित निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको, निर्बाचन कार्य तालिका तथा आचार संहिता अनुरुप बुंदा नम्बर ४ अनुसार मतदाताहरुको अन्तिम सुची प्रकाशन गर्ने मिति ९ जुलाई तोकिएको तर निर्बाचन समितिले २६ जुलाई मा सुची सार्बजनिक गरेकोआरोप लगाएका छन ।

त्यसैगरी विधानको धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पंजीकृत सदस्य बराबर १ जनाको अनुपात मा महाधिबेसन प्रतिनिधि चयन गरिने भएपनि सो वमोजिम नभएको उल्लेख छ ।

निर्वाचन समितिले जारी गरेको सुचनाको खण्ड क वमोजिम एनसिसि र आईसिसिका पुर्व पदाधिकारीहरुको नामावली प्रकाशन नगरेको, संस्थामा महत्वपुर्ण योगदान गरेका आग्रजहरु प्रतिनिधिको रुपमा चयन नगरी २ महिना अघि वनेका सदस्यहरुलाई मनोमानी ढंगले प्रतिनिधिमा राखेर अग्रजहरुको भावनामा खेलवाड गरेकोभनि श्रेष्ठले संस्थाको निर्वाचनमा असन्तुष्टी पोखेका छन।

संस्थाको कार्यसमिति भित्र छलफल र निर्णय नै नगरी प्रतिनिहिरु चयन गरिएकोर गत ३० जुलाईमा भएको निर्वाचनमा मतदान कसरी गरियो,कुन विधि अपनाइयो भन्ने कुराको जानकारी स्वयम अध्यक्षको प्रत्यासी लगायत प्रतिनिधिहरुलाई समेत नभएको रोशन श्रेष्ठको दावी रहेको छ।

उनले संस्थाका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, संस्थाका प्रबक्ता लगायतलाई यस बिषयमा पत्र पठाउदा समेत कुनै किसिमको सुनवाई नभएको भन्दै माथि देखिकै सेटिङ्गमा निर्वाचनमा चरम् धाधली भएको आरोप लगाएका छन।

गैर आवासिय नेपालीहरुको छातासंगठनको रुपमा रहेर विश्वभरका नेपालीहरुको सारथी बन्दै गरेको एनआरएनए संस्थाले यसरी दम्भ र घमण्डले निर्वाचन गर्नुले संस्था प्रती आम नेपालीमा बितृष्णा पैदाहुने गैर आवासिय नेपालीहरुको ठहर छ ।

संस्थाले सबै पक्षको बिरोधको बावजुत पनि गत जुलाई ३० गते निर्वाचन सम्पन्न भएको भन्दै एक पक्षरुपमा डम्बर यादवलाई बिजयी घोषणा गरेको थियो ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा धाधली भएकाले पुन निर्वाचन गराई एनआरएन साउदीको साखलाई कायम राख्न माग गरेका छन ।

 

लोकप्रिय