वि.सं. २०७८ श्रावण १९ गते मङ्गलवार चम्किनेछ यी राशिहरूकाे भाग्य
आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण १९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ अगस्ट ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, श्रावण कृष्णपक्षको दशमी तिथि, दिउँसो १२:२१ बजेसम्म, त्यसपछि एकादशी तिथि, रोहिणी नक्षत्र, मध्यरात्रीपछि ०२:०४ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, मध्यरात्रीपछि ०१:२७ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो १२:२१ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:२१ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : स्वर्गलोक)(भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व १२:४९ देखि मध्यरात्रीपछि ०१:५८ सम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आजको मूहुर्त : कलशचक्र,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २० गते : श्री कामिका एकादशी व्रत, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने/बसाइँ सर्ने, दैलो राख्ने (द्वारचक्र), पुराणश्रवण, कलशचक्र, २१ गते : श्री गुरु प्रदोष व्रत (परीक्षा, प्रतियोगिता, मुद्दामामिला र शत्रुमाथि विजय प्राप्त गर्न), मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र, २२ गते : घण्टाकर्ण चतुर्दशी (गथामुगचह्रे पूजा), मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धार्मिक कार्य सफल रहनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ ।
प्रतिकृया दिनुहोस्