पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, आजै पदमुक्त हुने सम्भावना

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, आजै पदमुक्त हुने सम्भावना

 

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अल्पमतमा परेसँगै उनीविरुद्ध अविश्वास प्रस्तावमा भोटिङ हुने भएको छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ ।
सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद देखिएकाले गणितीय हिसाबमा उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

लोकप्रिय