नेकपा एमालेले टिकटक प्रतियोगिता आयोजना गर्ने
काठमाडौँ । नेकपा एमालेले टिकटक प्रतियोगिता गर्ने भएको छ ।स्थानीय निर्वाचनलाई लक्षित गरेर एमालेले टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्यसका लागि सहभागी हुनेले क्रियटिभिटी र लोकप्रियता विधामा एक–एक लाख जित्न सक्नेछन् ।
भिडिओमा रचनात्मक बनाए क्रियटिभिटीका आधारमा पुरस्कार जित्न सकिनेछ । त्यस्तै लोकप्रियता विधा अन्तर्गत धेरै भ्युज पाउने टिकटक भिडिओले एक लाख पाउने छ ।
हरेक विधामा द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।
भिडिओ नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने छ ।
भिडिओ टिकटकमा पब्लिस गर्दा प्रतिस्पर्धीले ह्यासट्याग भोट फर सन्, ह्यासट्याग सीपीएन यूएमएल, ह्यासट्याग साइबर सर्कल नेपाल, ह्यासट्याग आई एम विथ केपी ओली प्रयोग गर्नुपर्नेछ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षां पूरा गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।
साइबर सर्कल एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तलाई चर्चित भिडिओ शेयरिङ एप टिकटक मार्फत प्रस्तुत गर्न प्रतियोगिता गर्न लागिएको हो ।


प्रतिकृया दिनुहोस्