राष्ट्र बैंकको गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

राष्ट्र बैंकको गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

 

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कुनै प्रक्रिया विनानै निलम्बन गरेको छ । अर्थ मन्त्री जनार्दन शर्माले सुरुदेखि नै अधिकारीप्रति नकारात्मक धारणा राख्दै आएका थिए ।
मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई आज साँझ कामु गभर्नरको जिम्मा दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बनको ब्यहोरा मिलाइएको छ । बैठकले उनीमाथि अछामका प्रकाश शाहकाे ४० कराेड रकममा कमिशन खान खाेजेकाे, माैद्रिक नीति राम्राे नल्याएकाे, आर्थिक संकटलाई समाधान गर्ने उपाय समयमानै नल्याएकाे जस्ता आराेप लगाएर अब छिटै गभर्नर अधिकारीलाई छानबिन गर्ने निर्णय गरेको बताइएको छ ।
सरकारले आफ्नो आर्थिक संकटकाे अक्षमता ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी गर्न थालिएकाे छ । गभर्नर अधिकारीले पटक-पटक अर्थ मन्त्रालयलाई सम्भावित संकटबारे जानकारी दिँदै सुधारका उपायहरु समेत सुझाइरहेका थिए भनिन्छ ।
अर्थ मन्त्रालयमा आर्थिक प्रशासनका अनुभव भएका अधिकारी नहुँदा राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी बीच टसल हुँदै आएकाे छ। अनुभव शून्य राजस्व सचिव र अर्थका अधिकांश सहसचिव र उपसचिवहरूले देशकाे अर्थतन्त्रलाई संकट उन्मुख बनाउदै गएका छन। अर्थका भष्टहरू अहिले राजस्व असुल्ने भन्दा पनि भष्टाचार गरेर कमाउननै उद्दत छन।

लोकप्रिय