उम्दा नगरप्रमुख, उत्कृष्ट नगरपालिका
काठमाडौ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल लगभग अन्तिमतिर आएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरिसकेपछि सम्पूर्ण जनप्रतिनिधिहरुको कार्यकाल अन्तिम चरणमा पुगेको हो ।
जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको विट मार्दामार्दै आफूँले के कति काम गर्न सफल भएँ ? मेरो कार्यकाललाई जनता र अन्य निकायहरुले कसरी मूल्यांकन गरिरहेका छन् ? भन्ने जिज्ञासा त हुने नै भयो । यस प्रसङ्गमा स्याङ्गजा जिल्लाका पालिकाहरुको हकमा मिश्रित प्रतिक्रिया आएको छ । स्याङ्गजाका जनता काम नगर्ने प्रतिनिधिहरुलाई ‘बाई बाई’ गर्न चाहान्छन् भने काम गर्ने प्रतिनिधिहरुलाई ‘हाई हाई’ ।
स्याङ्गजा जिल्लाको केही जनप्रतिनिधिहरुले यो पाँच वर्षको अवधिमा विकासमा बहार, सुशासन र चेतनाको क्षेत्रमा उत्कृष्ट काम गरि उम्दा जनप्रतिनिधिका रुपमा आफूँलाई उभ्याउन सफल भएका छन् । स्थानीय तहलाई जनताको आशा र भरोसाको केन्दको रुपमा स्थापित गर्न सफल भएका छन्् । यसको ज्वलन्त उदाहरण हो पुतलीबजार नगरपालिका र नगरप्रमुख सीमा क्षेत्री ।
हरेक जसो वर्षायाममा बाढी पहिरोको मारमा नगरबासीहरु परिरहने । जनताको घर खेत बग्दा उनी कहिल्यै चयनले बसेनन् । रात भनेनन्, दिन भनेनन् ।
सेवाभावले ओतपोत भएका, मिलनसार र मेहनती मेयर क्षेत्री कारण नगरबासीहरु उनीप्रति प्रभावित देखिन्छन् । पुतलीबजार नगरपालिका नगरबासी आफूँले आस्था राख्ने पार्टीप्रति अनिच्छा देखाउँदै उनकै प्रशंसा गरिरहेका देखिन्छन् । आफ्नो नगरमा विकास र सुशासन चाहने जनताहरु आगामी निर्वाचनबाट यस्तै मेहनती, सक्षम र कुशल प्रतिनिधि पाए हुन्थ्यो भन्ने चाहना समेत राख्दछन् ।
खासगरी स्याङ्गजा जिल्लामा ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ वटा पालिकाहरु रहेका छन् । जसमध्ये यो अवधिमा पुतलीबजार नगरपालिकाका मेयरको सेवाकालिन अवधि सम्झनालायक, प्रशंसायोग्य र भावी जनप्रतिनिधिका लागि पथ प्रदर्शशकका रुपमा पाइएको भर्ना छ । मेयर क्षेत्रीको नेतृत्वमा पुतलीबजार नगरपालिकामा विकास र सुशासनको क्षेत्रमा यति धेरै काम भएका छन् कि नगरबासीहरु स्वस्फूर्त रुपमा भन्छन् ‘फेरी यिनै अभिभावक फर्किउन् ।’
संकटका सारथी मेयर क्षेत्री
सुरु सुरुमा त महिला मेयर के नै गर्लान् र ? भन्ने आम बुझाई थियो । तर मेयर क्षेत्रीको गतिशिलता, कुशलता र क्षमता यो पाँच वर्षे अवधिमा देखियो । हुनतः यो पाँच वर्ष चुनौती नै चुनौतीका साथ वित्यो । कहिले बाढी पहिरोको डर त कहिले कोरोनाको कहर । स्याङ्गजा जिल्ला त्यसै पनि भिरालो जमिन । हरेक जसो वर्षायाममा बाढी पहिरोको मारमा नगरबासीहरु परिरहने । जनताको घर खेत बग्दा उनी कहिल्यै चयनले बसेनन् । रात भनेनन्, दिन भनेनन् । पीडामा परेका नगरबासीको उद्दार र राहतका लागि कुदिरहे ।
त्यसैगरी कोरोनाको समयमा त खटाई कति हो कति ? कोही कसैलाई लक्षण देखिएपछि नगरपालिकाले नै अस्पताल पु¥याईदिने मात्र होइन संघीय सरकारले घोषणा गरेको कडा लकडाउनमा विभिन्न दिर्घरोगी विरामीहरुका लागि औषधी बोकेर घर घरमा पुगे । संकटको बेला मेयर क्षेत्रीले जनतामाझ जुन् सेवामा तल्लिन भईन् त्यो साँच्चिकै सम्झन लायक छ ।
सुशासनमा अब्बल
यो पाँच वर्षे अवधिमा अधिकांश स्थानीय निकायमा भ्रष्टाचार, अनियमितता र बेथितिले प्रश्रय पायो । तर, पुतलीबजार नगरपालिकाले वित्तिय सुशासनको क्षेत्रमा आफूँलाई अब्बल राख्न सफल भयो । त्यसोत, संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै पुतलीबजार नगरपालिका पुरस्कृत समेत भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाका नगर प्रमुख सिमा क्षेत्रीको नेतृत्वमा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको विषयलाई उच्च मुल्यांकन गर्दै नगरपालिका संघले आफ्नो २९ औं वार्षिकोत्सवको उपलक्ष्यमा पुरस्कृत गरेको थियो । नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्रधानमन्त्री शेर बहादुर देउवाबाट मेयर क्षेत्री पुरस्कृत हुनुभएको थियो ।
सन्तुलित विकासमा जोड
‘समृद्ध पुतलीबजार र सुखी नगरबासी’ मुख्य नारालाई आत्मसात गर्दै पुतलीबजार नगरपालिकाले चौतर्फी विकासको अवधारणा अवलम्बन गरेको छ । कृषि र पर्यटन क्षेत्रलाई पुतलीबजार नगरपालिकाको रोजगारी एवं विकासको आधार बनाइएको छ । नगरपालिकाले यो ५ वर्षे अवधिमा पुतलीबजार नगर उज्यालो शहर, सुकुम्बासी विहिन नगरपालिका घोषणा, पार्कहरुको नगरपालिका, एकीकृत र सफा पिउने पानीको उपयोग, स्थानीय धार्मिक ऐतिहासिक प्राकृतिक पर्यटकीय स्थानको पहिचान, संरक्षण र सम्वद्र्धनमा जोड दिएको छ ।
त्यसैगरी फोहोर व्यवस्थापनको अल्पकालिन र दीर्घकालिन योजना तयार गर्ने, बजार व्यवस्थापनमा बस्ती विकास र कृषियोग्य जमिनको संरक्षण गर्ने कार्यमा नगरपालिकाले जोड दिएको छ । त्यसैरी वडा केन्द्र जोड्ने सडकलाई पिच गर्ने र अन्य सडकलाई बाह्रैमास सञ्चालन योग्य बनाउने, जिल्ला अस्पताललाई स्तरोन्नतिको लागि पहल गर्ने प्राविधिक शिक्षालयको स्थापना गर्ने, एक वडा एक खेल मैदान र एक बालउद्धान स्थापना गर्ने, युवा स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन गरिने, सबै वडामा विद्युतीकरणको काम सम्पन्न गर्ने, इन्टरनेटको व्यवस्था कार्यमा समेत पुतली बजारनगरपालिका सक्रिय रह्यो ।
जातीय तथा लैङ्गिक हिंसा तथा भेदभाव रोक्न चेतनामूलक कार्यक्रम, स्थानीय कानुनको तर्जुमा । जातजाति, धर्म कला र संस्कृतिको संरक्षण र उत्थानमा जोड, समाजिक समावेशिकरणको कार्यक्रममा नगरपालिका केन्द्रित रह्यो । यसर्थ पुतली बजार नगरपालिका देशकै उत्कृष्ट नगरपालिकाको रुपमा दर्ज हुन सफल भएको छ ।

प्रतिकृया दिनुहोस्