वडाध्यक्षको रुपमा प्रस्तुत हुने उर्जा पाएकी छु
विनु केसी मध्यपुर नगपालिकाको राजनीतिमा स्थापित नाम हो । उनी अहिले मध्यपुर नगरपालिका –३ कौशलटारको महिला सदस्य हुनुहुन्छ । निर्वाचित महिला सदस्य भएर पनि उहाँ कार्यपालिकाको सदस्य हुनुहुन्छ ।
पटक पटक कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरेर वडा नं. ३ को नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको केसी आउँदो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षको प्रत्यासी बन्ने प्रयासमा हुनुहुन्छ ।

महिला भएर महिला सदस्यको रुपमा सजिलै वडामा कांग्रेसको टिकट पाउने प्रबल सम्भावना हुँदा हुँदै पनि वडा अध्यक्षको दाबेदारी प्रस्ताव गर्नुभएको केसी विगतका समयमा नगरपालिकाका मेयरले गरेको ज्यादतीको विरुद्धमा खुल्ला चुनौती दिने साहसी महिला नेतृको रुपमा मध्यपुरबासीले स्मरण गरिरहेका छन् भने वडा नं. ३ का मतदाताले केसीको साहस, मेहनत र इमान्दारिता एवं विकास निर्माणमा पु¥याएको योगदानलाई मुक्तकण्ठले प्रसंसा गर्दछन् ।
विगतका समयमा नगरपालिकाका मेयरले गरेको ज्यादतीको विरुद्धमा खुल्ला चुनौती दिने साहसी महिला नेतृको रुपमा मध्यपुरबासीले स्मरण गरिरहेका छन् भने वडा नं. ३ का मतदाताले केसीको साहस, मेहनत र इमान्दारिता एवं विकास निर्माणमा पु¥याएको योगदानलाई मुक्तकण्ठले प्रसंसा गर्दछन् ।
तपाईको उम्मेदवारी वडाध्यक्षमा नै किन ? भन्ने हाम्रो प्रश्नमा केसी भन्नुहुन्छ –‘विगत निर्वाचनमा कांग्रेसको तर्फबाट महिला सदस्यको रुपमा निर्वाचित भएर गए देखि मैले पार्टीले दिएको जिम्मेवारी इमान्दारिपूर्वक निर्वाह गरेकी छु । मेरो वडाका मतदाताहरु खुसी छन् र यसपाला नगरपालिकामा महिला वडा अध्यक्षको रुपमा प्रस्तुत हुने उर्जा दिनु भएको छ । उहाँहरुको आँट, हौसलाले अगाडि बढ्ने हो । पार्टीको लागि एक सिपाहीको रुपमा लाग्ने हो । पार्टीले जे भूमिका दिन्छ,त्यसमा लाग्ने हो । यसपाला पक्कै वडा अध्यक्षको जिम्मेवारी पाउनेमा विश्वस्त छु ।
कुशल भैरव योग साधना केन्द्र कौशलटारको संयोजक भएर विगत आठ वर्ष देखि योग गुरुको रुपमा सयौं साधकहरुलाई निःशुल्क योग सिकाईरहनु भएको छ । साथै उहाँ लायन्स क्वलमा पनि आवद्ध हुनुहुन्छ । दिव्यश्वरी लायन्स क्ववको सचिव हुनुका साथै राधे राधे शम श्यामा धाममा विगत २० वर्ष देखि सदस्य भएर काम गरिरहनुभएको छ ।
दुःख पीडामा परेका, भैझगडाको समस्या र वडाबासीका प्रत्येक दुःख सुखमा साथ सहयोगी बन्दै आउनुभएकी केसी मध्यपुर नगरपालिकाकै संघर्षशील र जुझारु महिला नेतृ केसीलाई वडा अध्यक्षको रुपमा हेर्न वडाबासी आतुर रहेको स्थानीय मतदाताको चाहना समेत पाइएको छ । कांग्रेसको सिपाहीको रुपमा स्थापित महिला नेतृ विनुको विशुद्ध सामाजिक सेवाभाव र कांग्रेसप्रतिको निष्ठाका कारण मध्यपुर नगरपालिका मात्र होइन भक्तपुर जिल्लाकै उज्वल नेतृको रुपमा हेर्ने गरिन्छ ।
दुःख पीडामा परेका, भैझगडाको समस्या र वडाबासीका प्रत्येक दुःख सुखमा साथ सहयोगी बन्दै आउनुभएकी केसी मध्यपुर नगरपालिकाकै संघर्षशील र जुझारु महिला नेतृ केसीलाई वडा अध्यक्षको रुपमा हेर्न वडाबासी आतुर रहेको स्थानीय मतदाताको चाहना समेत पाइएको छ ।
तपाईंले नै टिकट किन पाउनुपर्ने ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो–‘मैले वडाबासीको भावना र चाहना पार्टीको नीति र निर्देशन अनुरुप काम गरेकी छु । मैले पार्टी संगठनमा पनि त्यत्तिकै ध्यान दिएकी छु, पार्टीले दिएको जिम्मेवारीमा कुनै कमी आउन दिएकी छैन । आर्थिक रुपमा पारदर्शी काम गरेकी छु । विकास निर्माणमा पनि निष्ठापूर्वक काम गरेकी छु । वडाबासीको सेवामा समर्पित भएकी छु । हर मतदाताको सुझाव र सल्लाहमा काम गरेकी छु ।

जित्ने आधार के छ ?
केसी भन्नुहुन्छ–‘म पार्टीको इमान्दार कार्यकर्ता हुँ । नेपाली कांग्रेसलाई मात्र यो देशको समृद्धि र सुशासनको एक मात्र आशाको केन्द्र भएको पटक पटकको घटना क्रमले पुष्टि भईरहेको छ । साथै मेरो क्षेत्र भनेको कांग्रेसको जगन्नाथ आचार्य, विमला आचार्यको रगत पसिनाले सिंचन गरेको क्षेत्र हो । यहाँ कांग्रेसको विकल्पमा सचेत नागरिकले अरु पार्टीलाई सोँच्न समेत सक्दैनन् ।’


प्रतिकृया दिनुहोस्